

आज मिति २०७९ साल साउन १७ गते मंगलबार,खाँडादेविमाता ले रक्षा गरुन
मेष चु,चे,चो,ला,लि,लु,ले,लो,अ- सामाजिक सेवाबाट मानसम्मान मिल्नेछ । स्वास्थ्यमा सुधार हुनेछ । आज मनमा खुसी छाउने छ । नयाँ काम गर्न मन लाग्नेछ।
वृष इ,उ,ए,ओ,वा,वि,वु,वे,वो- आज आकस्मिक धनलाभ हुनेछ । व्यापार व्यवसायबाट सोचभन्दा बढी आर्थिक लाभ प्राप्त हुनेछ । दाम्पत्य जीवनमा सुख प्राप्त हुनाका साथै यात्राको अवसर प्राप्त हुनेछ । मनमा सकारात्मक सोच र खुसी हुने खबरले उत्साह थपिने छ । देवालयको यात्राले मन हर्षित हुनेछ ।
मिथुन क,कि,कु,घ,ङ,छ,के,को,ह- धनलाभ र नयाँ नयाँ खबरले मनमा खुसियाली छाउने छ । घरपरिवार र आफन्तसँग केही विषयमा विवाद हुनसक्छ । त्यसैले आजको दिन कम बोल्ने र अर्काका कुरा सुन्ने गर्दा राम्रो हुनेछ । राम्रो काम गर्न खोज्दा पनि अनावश्यक आरोप लाग्न सक्छ ।
कर्कट हि,हू,हे,हो,डा,डि,डु,डे,डो- कर्कट राशिका जातकका लागि सोच र परिवारका कुरा नमिल्दा नकारात्मक सोच आउनसक्छ । अध्ययन अध्यापनमा मन लगाउनु होला । सोच अनुसारका काम नहुँदा नकारात्मक धारणा आउनसक्छ । त्यसैले आजको दिन मौन रहनु, नियमित कामबाहेक अन्य काममा त्यति धेरै ध्यान नदिनुहोला । चन्द्रमाको साथ रहेको छ ।
सिंह मा,मि,मु,मे,मो,टा,टि,टु,टे- सिंह राशिका जातकले बिहीबार बिहान सूर्योदयको दर्शन गर्नुहोला । अनावश्यक विवाद हुनसक्छ । आजको दिन भुलेर पनि कसैसँग विवाद नगर्नुहोला । पारिवारिक समस्याका कारण मनमा अनेक समस्या उत्पन्न हुनसक्छ । अध्ययनमा रुचि छ भने नयाँ पुस्तक अध्ययनको थालनी गर्न शुभ हुनसक्छ ।
कन्या टो,प,पी,पू,ष,ण,ठ,पे,पो- यात्रा गर्नुपर्ने हुनसक्छ । नयाँ मित्रमण्डलीसँगको भेटले कार्यगत उत्साह थपिने छ । आफन्त र मित्रजनबाट साथ र सहयोगको प्रस्ताव आउनसक्छ । आजको दिन नयाँ बस्त्र खरिद गरेर लगाउन राम्र्रो हुनेछ । स्त्री जातिको साथ र सहयोग लिएर कुनै काम गर्नु थाल्नुभएको छ भने सोचअनुसारको प्रतिफल प्राप्त हुनेछ ।
तुला रा,री,रु,रे,रो,ता,ती,तु,ते- मानसिक असन्तोष र सोच अनुसारको काम नहुँदा मनमा चिन्ता थप हुनसक्छ । मनमा सकारात्मक सोच राखेर काम गर्न आवश्यक छ । व्यापार व्यवसायमा हुनुहुन्छ भने आज फाइदा हुन्छ । धैर्यको आवश्यकता हुन्छ ।
वृश्चिक तो,ना,नि,नु,ने,नो,या,यि,यु- बिहान सूर्योदयको दर्शन गरेर दिनको शुरुवात गर्नुहोला । मनमा प्रसन्नता र उत्साह बढ्ने छ । कुनै नयाँ कामको शुरुवात समेत गर्न सक्नुहुनेछ । कामबाट सफलता प्राप्त हुनेछ । अनावश्यक आरोप लाग्नसक्छ । नियमित काम गर्दा होसियारी, धैर्य आवश्यक छ ।
धनु ये,यो,भा,भी,भु,ध,फा,ढ,भे- आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला । आजको दिन व्यर्थमा समय खर्च र अनावश्यक आर्थिक भार थपिने छ । आजको दिन मित्रमण्डलीबाट असहयोग हुनसक्नेछ । साथ सहयोग कसैको नहुँदा पनि मनमा उर्जाका लागि देवालय र शिवालयको दर्शन गर्नु जानुहोला ।
मकर भो,जा,जी,जू,जे,जो,ख,खि,खु,खे,खो,गा,गी- आजको दिन सोचेअनुसारको काम हुने भएकाले नयाँ काम गर्न सक्नुहनेछ । धेरै खुसी र दुःखी नभइकन आफ्नो काम गरिरहनु होला । मनमा निकै हर्ष छाइरहने छ बिहान सूर्यनारायणलाई जल दिएर दर्शन गर्नुभयो भने दिन सफल हुनेछ ।
कुम्भ गु,गे,गो,सा,सी,सु,से,सो,द- मनमा अति प्रसन्नता छाउने छ । कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम र शत्रुमाथि विजय प्राप्ति हुनेछ । बिहान सूर्योदयको दर्शन गर्नुहोला । सामाजिक काममा मन जानेछ । आजको दिन पितृदेवका सम्झनामा दान गर्नुहोला ।
मीन दी,दु,थ,झ,ञ,दे,दो,च,ची- बिहीबारका दिन मीन राशिका जातकले बिहान सूर्योदयको दर्शन गरेर नजिक वा देवालयको दर्शन गर्नु उत्तम हुनेछ । अध्ययन अध्यापनको क्षेत्रका कार्य गर्नेले नयाँ पुस्तक पठन र लेखनका काम गर्नसक्नुहुन्छ । विद्यार्थी वर्गको लागि बिहीबार कुनै काम शुरु गर्दा सफलता प्राप्त हुनेछ । नियमित काममा ध्यान दिनुहोला ।
समाज
थप सामाग्री-
रास्वपाको प्रथम महाधिवेशन आज चितवनमा, नेतृत्वदेखि संगठनसम्म नयाँ दिशा तय गर्ने तयारी
-
रवि लामिछाने र रास्वपालाई गगन थापाद्वारा महाधिवेशनको शुभकामना
-
बाजुराको रिठा बजार नजिक बस दुर्घटना, २१ जना घाइते
-
रास्वपाको महाधिवेशनस्थल पुगे आईजीपी कार्की, सुरक्षा व्यवस्थाको स्थलगत अनुगमन
-
आज असार ७ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
१९ घण्टा अगाडि
1.4kViews 435 Shares Share on Facebook Share on Twitter ललितपुर, असार ६ — उपत्यकाको सबैभन्दा प्राचीन तथा सांस्कृतिक रूपमा महत्वपूर्ण…



