

फागुन १ देखि पशुपतिनाथको मन्दिर खुलाउने तयारी
काठमाडौं माघ २६ । पशुपति क्षेत्र विकास कोषले आउँदो फागुन १ गतेदेखि पशुपतिनाथको मन्दिर खुलाउने तयारी गरेको छ ।
कोरोना संक्रमणदर घट्दै गएकाले मूल मन्दिरसहित अरू मन्दिरहरू भक्तजनलाई पूजाआजाका लागि खुला गरिने कोषले जनाएको छ ।
कोषका प्रवक्ता रेवतीरमण अधिकारीले फागुन १ देखि मन्दिर खुलाउने तयारी गरिएको जानकारी दिए । ‘‘नेपाल सरकारकै आदेशबमोजिम मन्दिर बन्द गरिएको थियो । फागुन १ गतेबाट विद्यालय, होटेल, रेस्टुराँहरू खुल्दै छन् । सोही क्रममा सरकारकै आदेशबमोजिम मन्दिर पनि खुला हुन्छ,” उनले भने ।
शिवरात्रि पर्व नजिकिएकाले त्यसको तयारी पनि सुरु गरिने कोषले जनाएको छ । कोरोना संक्रमण तीव्र गतिमा बढेसँगै गएको माघ ५ गते पशुपतिनाथ, गुह्वेश्वरी, चन्द्रविनायकलगायत मन्दिरमा नित्य पूजा मात्र गर्ने गरी भक्तजनका लागि बन्द गरिएको थियो ।
समाज
थप सामाग्री-
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
-
धनगढीमा ४४४ प्रहरीको काज सरुवा बदर, अस्वाभाविक निर्णयमाथि छानबिन हुने
-
क्षतिग्रस्त भवन पुनर्निर्माणमा सहयोग गर्ने दातालाई सम्मान
-
जबर्जस्ती करणी आरोपमा सुशील केसी पक्राउ, अनुसन्धान जारी
-
जावलाखेलमा आज रातो मच्छिन्द्रनाथको भोटो जात्रा सम्पन्न हुँदै
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धी तालिम शुरु
११ घण्टा अगाडि
2.2kViews 305 Shares Share on Facebook Share on Twitter नेपालगन्ज / क्रियाशिल पत्रकार महिलाहरुकालागि तिन दिने क्षमता अभिबृद्धी तालिम नेपालगन्जमा…



