

अवैध लागूऔषध सहित पक्राउ
ललितपुर माघ ९ ।ललितपुर महानगरपालिका-३ पुल्चोकबाट नियन्त्रित लागूऔषध नाईट्राभेट १ हजार ५ सय ट्याब्लेट सहित धनुषा जनकपुर नगरपालिका-६ घर भएका ३५ वर्षीय राजेश साहलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । शंकास्पद अवस्थामा उनलाई प्रहरीले फेला पारी तलासी गर्दा साथमा रहेको उक्त परिमाणको लागूऔषध फेला परेको हो । उनी उपर जिल्ला अदालतबाट ७ दिन म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।
सुर्खेत, बीरेन्द्रनगर नगरपालिका-८ सिमलचोक बस्ने २४ वर्षीय ईश्वर राना लगायत ३ जनालाई करिब ८ सय ५० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय लागूऔषध ब्यूरो र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
बारा, जितपुरसिमरा उपमहानगरपालिका-७ स्थित सडकबाट नियन्त्रित लागूऔषध एकसय एमएलको डाइलेक्स डिसि १ सय १० बोतल सहित मकवानपुर कैलाश गाउँपालिका-९ घोरङ बस्ने २२ वर्षीय नबराज तामाङलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । बा.५१ प ८३७५ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय जितपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक तामाङलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
समाज
थप सामाग्री-
रास्वपाको प्रथम महाधिवेशन आज चितवनमा, नेतृत्वदेखि संगठनसम्म नयाँ दिशा तय गर्ने तयारी
-
रवि लामिछाने र रास्वपालाई गगन थापाद्वारा महाधिवेशनको शुभकामना
-
बाजुराको रिठा बजार नजिक बस दुर्घटना, २१ जना घाइते
-
रास्वपाको महाधिवेशनस्थल पुगे आईजीपी कार्की, सुरक्षा व्यवस्थाको स्थलगत अनुगमन
-
आज असार ७ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
२० घण्टा अगाडि
1.4kViews 435 Shares Share on Facebook Share on Twitter ललितपुर, असार ६ — उपत्यकाको सबैभन्दा प्राचीन तथा सांस्कृतिक रूपमा महत्वपूर्ण…



