

एसपी मुकुन्द रिजालद्वारा राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतको जिम्मेवारी ग्रहण
सुर्खेत — नेपाल प्रहरीका प्रहरी उपरीक्षक (एसपी) मुकुन्द रिजालले राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतको जिम्मेवारी औपचारिक रूपमा सम्हालेका छन्। केही दिनअघि मात्र सरुवा भई सुर्खेत आएका एसपी रिजालले आज कार्यालयमा उपस्थित भई कार्यभार ग्रहण गरेका हुन्।
जिम्मेवारी सम्हालेसँगै एसपी रिजालले मातहतका ट्राफिक प्रहरी कर्मचारीहरूलाई निर्देशन दिँदै ट्राफिक व्यवस्थापनलाई अझ प्रभावकारी, व्यवस्थित र परिणाममुखी बनाउने प्रतिबद्धता व्यक्त गरे। उनले विशेषगरी सवारी दुर्घटना न्यूनीकरण, ट्राफिक अनुशासनको कडाइका साथ पालना, तथा सडक प्रयोगकर्ताको सुरक्षालाई उच्च प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिए।
एसपी रिजालले ट्राफिक प्रहरी कर्मचारीको आचरण, व्यवहार र व्यावसायिक निष्ठालाई नागरिकको विश्वास आर्जन गर्ने मुख्य आधारका रूपमा उल्लेख गर्दै नागरिकमैत्री सेवा प्रवाहमा कुनै सम्झौता नहुने स्पष्ट पारे। साथै उनले राजमार्ग क्षेत्रमा बढ्दो सवारी चाप, जोखिमयुक्त सडक खण्ड र सम्भावित दुर्घटनाका कारण पहिचान गरी पूर्वतयारीका साथ काम गर्न समेत निर्देशन दिए।
समाज
थप सामाग्री-
रास्वपाको प्रथम महाधिवेशन आज चितवनमा, नेतृत्वदेखि संगठनसम्म नयाँ दिशा तय गर्ने तयारी
-
रवि लामिछाने र रास्वपालाई गगन थापाद्वारा महाधिवेशनको शुभकामना
-
बाजुराको रिठा बजार नजिक बस दुर्घटना, २१ जना घाइते
-
रास्वपाको महाधिवेशनस्थल पुगे आईजीपी कार्की, सुरक्षा व्यवस्थाको स्थलगत अनुगमन
-
आज असार ७ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
१९ घण्टा अगाडि
1.4kViews 435 Shares Share on Facebook Share on Twitter ललितपुर, असार ६ — उपत्यकाको सबैभन्दा प्राचीन तथा सांस्कृतिक रूपमा महत्वपूर्ण…



