

नयाँ संसद्को बैठक नयाँ भवनमै : संसद् सचिवालय
आगामी फागुन २१ गते हुने निर्वाचनपछि नयाँ संसद्को बैठक नयाँ भवनमा सञ्चालन हुनेछ।
सचिवालयले बैठक सञ्चालनका लागि आवश्यक पूर्वाधार समयमै तयार हुने विश्वास व्यक्त गरेको छ।
संसद् सचिवालयले नयाँ सांसदका लागि आवश्यक व्यवस्थापन मिलाउन सरकारलाई पत्राचार गरिसकेको छ।
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनपछि गठन हुने नयाँ संसद्को बैठक नयाँ संसद् भवनमै सञ्चालन हुने भएको छ। संघीय संसद् सचिवालयले निर्वाचनपछिको अधिवेशनका लागि नयाँ भवन प्रयोग गर्ने गरी सरकारसँग निरन्तर संवाद र आवश्यक तयारी गरिरहेको जानकारी दिएको छ।
संसद् सचिवालयका प्रवक्ता एवं सहसचिव एकराम गिरीका अनुसार अहिले नयाँ संसद् भवनबाहेक अन्य कुनै विकल्पमा छलफल भएको छैन। बैठक सञ्चालनका लागि आवश्यक पर्ने न्यूनतम भौतिक पूर्वाधारहरू सो समयसम्म तयार हुनेमा सचिवालय विश्वस्त देखिएको छ। ‘अधिवेशन आह्वान हुनुभन्दा १५–२० दिन अगावै सभा कक्षसहितका आवश्यक पूर्वाधारहरू सचिवालयलाई उपलब्ध हुने अपेक्षा छ,’ गिरीले भने।
नयाँ भवनमा निर्माण भइरहेका प्रतिनिधिसभातर्फका कुल १२ कक्षमध्ये बैठक कक्षसहित ६ वटा कक्ष उपलब्ध भएको खण्डमा सहजै बैठक सञ्चालन गर्न सकिने सचिवालयको आकलन छ। तत्कालका लागि न्यूनतम पूर्वाधार प्रयोग गरेर बैठक सुरु गर्ने र
यसअघि नै सचिवालयले नयाँ सांसदहरूका लागि आवश्यक व्यवस्थापन मिलाउन सरकारलाई पत्राचार गरिसकेको छ। लामो समयदेखि भाडाको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बस्दै आएको नेपालको संसद् अब आफ्नै अत्याधुनिक र सुविधायुक्त भवनमा सर्ने अन्तिम तयारीमा पुगेको हो।
समाज
थप सामाग्री-
रास्वपाको प्रथम महाधिवेशन आज चितवनमा, नेतृत्वदेखि संगठनसम्म नयाँ दिशा तय गर्ने तयारी
-
रवि लामिछाने र रास्वपालाई गगन थापाद्वारा महाधिवेशनको शुभकामना
-
बाजुराको रिठा बजार नजिक बस दुर्घटना, २१ जना घाइते
-
रास्वपाको महाधिवेशनस्थल पुगे आईजीपी कार्की, सुरक्षा व्यवस्थाको स्थलगत अनुगमन
-
आज असार ७ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
१८ घण्टा अगाडि
1.4kViews 435 Shares Share on Facebook Share on Twitter ललितपुर, असार ६ — उपत्यकाको सबैभन्दा प्राचीन तथा सांस्कृतिक रूपमा महत्वपूर्ण…



