

आईजीपी दान बहादुर कार्कीको दाङ भ्रमण: प्रहरी सेवामा उत्कृष्टता र जनमुखी सुरक्षा व्यवस्थापनमा जोड
दाङ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङको अनुगमन गर्दै प्रहरी कर्मचारीहरूलाई उत्कृष्ट, व्यावसायिक र जनमुखी प्रहरी सेवा प्रदान गर्न स्पष्ट निर्देशन दिनुभएको छ।
अनुगमन तथा निर्देशन सम्बोधनका क्रममा आईजीपी कार्कीले प्रहरी संगठनको सैद्धान्तिक र व्यावहारिक दक्षता अभिवृद्धि गर्दै समग्र वृतिविकासलाई सुदृढ बनाउनु आजको आवश्यकता रहेको बताउनुभयो। उहाँले आगामी निर्वाचनलाई लक्षित गर्दै सुरक्षा व्यवस्था थप प्रभावकारी, निष्पक्ष र भरोसायोग्य बनाउन सबै तहका प्रहरी कर्मचारीहरूलाई उच्च सतर्कता र जिम्मेवारीका साथ खटिन निर्देशन दिनुभयो।
त्यसैगरी अपराध नियन्त्रण, शान्ति–सुरक्षा कायम, ट्राफिक व्यवस्थापनलाई व्यवस्थित बनाउने, लागुऔषध ओसारपसार तथा दुर्व्यसन विरुद्ध कडा कारबाही, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको संरक्षणमा संवेदनशील र पीडितमैत्री दृष्टिकोण अपनाउनुपर्नेमा उहाँले विशेष जोड दिनुभयो।
आईजीपी कार्कीले विपद् व्यवस्थापनमा प्रहरीको भूमिकालाई थप प्रभावकारी बनाउँदै पूर्वतयारी, द्रुत प्रतिक्रिया र समन्वयात्मक कार्यशैलीलाई प्राथमिकतामा राख्न निर्देशन दिनुभएको छ। उहाँले अनुशासन, इमान्दारिता र सेवाभाव नै प्रहरी संगठनको पहिचान भएको उल्लेख गर्दै जनताको विश्वास जित्ने गरी काम गर्न आग्रह गर्नुभयो।
आईजीपी कार्कीको यो निर्देशनलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालयका अधिकारी तथा कर्मचारीहरूले संगठन सुधार, सेवा प्रवाहमा गुणस्तर वृद्धि र नागरिकमैत्री प्रहरी अभ्यासलाई थप सुदृढ बनाउने अवसरका रूपमा लिएका छन्।
समाज
थप सामाग्री-
रास्वपाको प्रथम महाधिवेशन आज चितवनमा, नेतृत्वदेखि संगठनसम्म नयाँ दिशा तय गर्ने तयारी
-
रवि लामिछाने र रास्वपालाई गगन थापाद्वारा महाधिवेशनको शुभकामना
-
बाजुराको रिठा बजार नजिक बस दुर्घटना, २१ जना घाइते
-
रास्वपाको महाधिवेशनस्थल पुगे आईजीपी कार्की, सुरक्षा व्यवस्थाको स्थलगत अनुगमन
-
आज असार ७ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
१७ घण्टा अगाडि
1.4kViews 435 Shares Share on Facebook Share on Twitter ललितपुर, असार ६ — उपत्यकाको सबैभन्दा प्राचीन तथा सांस्कृतिक रूपमा महत्वपूर्ण…



