

एआईजी डा. मनोज केसीद्वारा मुस्ताङमा निर्वाचन विशेष अनुगमन, प्रहरीलाई कडा निर्देशन
मुस्ताङ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोज कुमार के.सी.ले मुस्ताङ जिल्लामा पुगेर आसन्न प्रतिनिधिसभा निर्वाचनको तयारी तथा सुरक्षा व्यवस्थापनको विशेष अनुगमन गर्नुभएको छ।
एआईजी केसीले जिल्ला प्रहरी कार्यालय मुस्ताङको निरीक्षण गर्दै निर्वाचनलाई लक्षित सुरक्षा योजना, प्रहरी जनशक्ति परिचालन, स्रोत–साधनको अवस्था, अपुग जनशक्तिको व्यवस्थापन तथा हातहतियारको उचित प्रयोगबारे विस्तृत छलफल गर्नुभएको थियो। साथै उहाँले निर्वाचन प्रहरीको व्यवस्थापन, अवैध हातहतियार नियन्त्रण, सम्भावित सुरक्षा चुनौती र तिनको समाधानका उपायहरूबारे पनि गहन समीक्षा गर्नुभएको छ।
अनुगमनका क्रममा एआईजी केसीले जिल्लाका विभिन्न मतदान स्थलहरूको अवस्था अवलोकन गर्दै त्यहाँ कार्यरत प्रहरी कर्मचारीहरूलाई निष्पक्ष, मर्यादित र जिम्मेवार ढंगबाट उच्च मनोबलका साथ निर्वाचन सुरक्षामा खटिन स्पष्ट निर्देशन दिनुभयो। उहाँले लोकतान्त्रिक प्रक्रियालाई विश्वसनीय र शान्तिपूर्ण बनाउन प्रहरीको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो।
समाज
थप सामाग्री-
रास्वपाको प्रथम महाधिवेशन आज चितवनमा, नेतृत्वदेखि संगठनसम्म नयाँ दिशा तय गर्ने तयारी
-
रवि लामिछाने र रास्वपालाई गगन थापाद्वारा महाधिवेशनको शुभकामना
-
बाजुराको रिठा बजार नजिक बस दुर्घटना, २१ जना घाइते
-
रास्वपाको महाधिवेशनस्थल पुगे आईजीपी कार्की, सुरक्षा व्यवस्थाको स्थलगत अनुगमन
-
आज असार ७ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
१९ घण्टा अगाडि
1.4kViews 435 Shares Share on Facebook Share on Twitter ललितपुर, असार ६ — उपत्यकाको सबैभन्दा प्राचीन तथा सांस्कृतिक रूपमा महत्वपूर्ण…



