

एआईजी डम्बर बहादुर बि.क.द्वारा जिल्ला प्रहरी कार्यालय महोत्तरीको निरीक्षण तथा कर्मचारीलाई कडा निर्देशन
महोत्तरी । नेपाल प्रहरी प्रधान कार्यालय, प्रदेश समन्वय विभाग, नक्साल काठमाडौंका विभागीय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डम्बर बहादुर बि.क.को नेतृत्वमा आएको टोलीले जिल्ला प्रहरी कार्यालय महोत्तरीको सम्पूर्ण शाखाहरूको अनुगमन तथा निरीक्षण गरेको छ।
निरीक्षणका क्रममा एआईजी बि.क.ले कार्यालयको सेवा प्रवाह, प्रशासनिक व्यवस्थापन, सुरक्षा तयारी तथा कार्यसम्पादनको अवस्था बारे जानकारी लिँदै आवश्यक निर्देशन दिनुभएको थियो। साथै, जिल्ला मातहत कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई नागरिकमैत्री, पारदर्शी र निष्पक्ष प्रहरी सेवा प्रवाहमा विशेष ध्यान दिन आग्रह गर्नुभयो।
निर्देशनको क्रममा एआईजी बि.क.ले शान्ति–सुरक्षा कायम राख्दै अपराध नियन्त्रणलाई प्रभावकारी बनाउने, कानूनको समान र निष्पक्ष कार्यान्वयन गर्ने तथा मिति २०८२ फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचन लाई भयरहित, शान्तिपूर्ण र निष्पक्ष रूपमा सम्पन्न गराउन उच्च सतर्कताका साथ जिम्मेवारी वहन गर्न निर्देशन दिनुभयो।
उहाँले प्रहरी कर्मचारीहरूलाई अनुशासनको परिधिभित्र रही उच्च मनोबलका साथ त्रुटिरहित ढंगले कार्य सम्पादन गर्नुपर्नेमा जोड दिँदै, निर्वाचन सुरक्षा तथा समग्र शान्ति सुरक्षामा कुनै कमजोरी हुन नदिन विशेष प्रतिबद्धता जनाउन निर्देशन दिनुभएको छ।
समाज
थप सामाग्री-
रास्वपाको प्रथम महाधिवेशन आज चितवनमा, नेतृत्वदेखि संगठनसम्म नयाँ दिशा तय गर्ने तयारी
-
रवि लामिछाने र रास्वपालाई गगन थापाद्वारा महाधिवेशनको शुभकामना
-
बाजुराको रिठा बजार नजिक बस दुर्घटना, २१ जना घाइते
-
रास्वपाको महाधिवेशनस्थल पुगे आईजीपी कार्की, सुरक्षा व्यवस्थाको स्थलगत अनुगमन
-
आज असार ७ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
१७ घण्टा अगाडि
1.4kViews 435 Shares Share on Facebook Share on Twitter ललितपुर, असार ६ — उपत्यकाको सबैभन्दा प्राचीन तथा सांस्कृतिक रूपमा महत्वपूर्ण…



