‘कान्छी’ मा रोमाण्टिक देखिए आयुष र भगिशा

काठमाडौं — गायक आयुष मगरको नयाँ  गीत ‘कान्छी’ सार्वजनिक भएको  छ। प्रेमिल शैलीको  यो गीतले सार्वजनिक भएसँगै दर्शक–श्रोताको ध्यान तानेको छ।

यसअघि आयुष मगरका चर्चित गीतहरू ‘लैजानेछु तिमीलाई’ र ‘माया पनि बसेकै थियो’ युट्युबको मिलियन क्लबमा प्रवेश गरिसकेका छन्। ती सफल गीतहरूपछि सार्वजनिक भएको ‘कान्छी’ले पनि राम्रो चर्चा बटुलिरहेको छ। गीतको शब्द टेकेश भण्डारीले लेखेका हुन् भने संगीत संयोजन  उदय राज पौडेलले गरेका छन्। गीतमा आयुष मगरकै स्वर र संगीत रहेको छ।

गीतको म्युजिक भिडियोमा आयुष मगर र भगिशा मगर मुख्य भूमिकामा देखिएका छन्। साथै भिडियोमा गोविन्द राई, विवेक रोका, कमल बुढाथोकी, सन्तोष बुढा मगर, सरोज बुढा मगर र विजय बुढा मगरको समेत अभिनय रहेको छ।

भिडियोको नृत्य निर्देशन तथा पटकथा गोविन्द राईले सम्हालेका छन्। छायांकन तथा निर्माण  एनवाइसी नेपाली लाइफ स्टाइल  प्रोडक्सनको ब्यानरमा सम्पन्न गरिएको हो। भिडियोको सम्पादन तथा रङ संयोजन बिजेश पौडेलले गरेका छन् भने पोस्ट–प्रोडक्सन लाटोकोसेरो फिल्म्सले गरेको छ।

सांगीतिक रूपमा लोक–आधुनिक स्वाद मिसिएको ‘कान्छी’ले प्रेमभाव र नेपालीपनलाई सरल तर प्रभावकारी ढंगले प्रस्तुत गरेको छ। गायक मगरको युट्युव च्यानल “आयुष मगर” मार्फत सार्वजनिक गरिएको यस गीतले आयुष मगरको सांगीतिक यात्रामा अर्को महत्वपूर्ण उपलब्धि थप्ने विश्वास गरिएको छ।

Facebook Comments Box
पोखराबाट दुबईका लागि दैनिक व्यावसायिक उडान सुरु हुने, फ्लाई दुबईलाई अनुमति
१३ घण्टा अगाडि

1.5kViews 311 Shares Share on Facebook Share on Twitter पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आगामी २३ सेप्टेम्बर २०२६ (भदौ ७…

TOP
459 Shares