

टी-२० विश्वकपमा नेपालले आज इटालीविरुद्ध खेल्दै
काठमाडौं । आइसीसी टी-२० विश्वकप अन्तर्गत आज नेपालले इटालीसँग खेल्ने तालिका रहेको छ । मुम्बईस्थित वानखेडे स्टेडियममा हुने समूह सी अन्तर्गतको यो खेल नेपाली समय अनुसार दिउसो ३:१५ बजेदेखि शुरु हुदैछ ।
जारी विश्वकपमा नेपालले आफ्नो पहिलो खेलमा इङल्याण्डसँग ४ रनले पराजित भएको थियो भने इटालीले आफ्नो पहिलो खेलमा स्कटल्याण्डसँग ७३ रनले हार बेहोरेको थियो ।
नेपालले इङल्याण्डविरुद्ध गरेको प्रदर्शनको विश्व क्रिकेट जगतले प्रशंसा गरिरहेको छ । नेपाल सुपर ८ मा पुग्नका लागि आज इटालीविरुद्धको खेल जित्नै पर्ने अवस्थामा रहेको छ । त्यस्तै इटालीले पनि पहिलो खेलमा हार बेहोरेकाले पनि उसका लागि उस्तै अवस्था रहेको छ ।
पालले यस पटक तेस्रो पटक विश्वकपमा सहभागिता जनाइरहेको । यस विश्वकपमा नेपाल रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टिम विश्वकप खेल्न भारतमा रहेको छ। विश्वकप खेल्ने नेपाली टिममा रोहित पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, गुल्सन झा, सोमपाल कामी, नन्दन यादव, ललित राजवंशी, लोकेश बम, आरिफ शेख, करण केसी, शेर मल्ल र बसिर अहमद रहेका छन् ।
नेपालको समूह सी मा स्कटल्याण्ड, इङल्यान्ड, इटाली र वेष्ट इण्डिज रहेका छन् । नेपालले आजको खेलपछि फेब्रुअरी १५ मा वेष्ट इण्डिजसँग र १७ मा स्कटल्याण्डसँग खेल्ने रालिका रहेको छ । नेपालले आफ्ना सबै खेल मुम्बईस्थित वाङखडे स्टेडियममा खेल्ने तालिका छ ।
समाज
थप सामाग्री-
एसपी अपील बोहराद्वारा प्रहरी जवान नरेन्द्र घटाल ‘बैशाख महिनाको उत्कृष्ट प्रहरी’ घोषित
-
ललितपुर प्रहरी परिसरमाथि छानबिन, हिरासतमा विशेष सुविधा दिएको आरोपपछि उच्चस्तरीय समिति गठन
-
हिरासतमा सुलभ अग्रवाललाई ‘विशेष सुविधा’ दिएको आशङ्का, उपत्यका प्रहरीले थाल्यो उच्चस्तरीय छानबिन
-
आज जेठ ०५ गते मंगलबार,यस्तो छ तपाईको राशिफल
-
कर्तव्यनिष्ठ प्रहरीलाई सम्मान, संगठनप्रति बढ्दो भरोसा
जेठ महिनाका ‘पुलिस अफ द मन्थ’ घोषित भए प्रहरी निरीक्षक गंगाराम बुढाथोकी
१४ घण्टा अगाडि
1.5kViews 133 Shares Share on Facebook Share on Twitter काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी निरीक्षक…



