कर्णाली प्रदेशका विभिन्न नाकामा कुकुरसहित कडा चेकजाँच

सुर्खेत, — आसन्न निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र सुरक्षित वातावरणमा सम्पन्न गराउने उद्देश्यले सुर्खेत उपत्यकाका मुख्य प्रवेश तथा बाहिरिने नाकाहरूमा प्रहरीद्वारा विशेष सुरक्षा जाँच अभियान तीव्र बनाइएको छ।
उपत्यकाको प्रमुख नाका सुब्बाकुनामा सवारीसाधनहरूमा लागुऔषध तथा हातहतियार ओसारपसार हुन नदिन कुकुरसहित कडा चेकजाँच गरिएको हो।
जिल्ला प्रहरी कार्यालय सुर्खेत, प्रहरी चौकी सुब्बाकुना, लागु औषध नियन्त्रण शाखा कार्यालय सुर्खेत तथा केनाइन शाखा कोहलपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले ‘डग स्निफिङ’ सहित सघन जाँच अभियान सञ्चालन गरेको हो।
प्रहरीका अनुसार निर्वाचनको समयमा हुनसक्ने अवाञ्छित गतिविधि नियन्त्रण गर्न, लागुऔषध तथा अवैध हातहतियारको ओसारपसार रोक्न र सर्वसाधारणमा सुरक्षाको अनुभूति दिलाउन यो अभियान प्रभावकारी रूपमा अघि बढाइएको हो।
सवारीसाधनहरूलाई रोकि कागजात जाँच गर्नुका साथै विशेष तालिमप्राप्त कुकुरमार्फत सूक्ष्म रूपमा निरीक्षण गरिएको थियो। प्रहरीले आगामी दिनहरूमा पनि यस्ता सुरक्षा जाँचलाई अझ सुदृढ बनाउँदै लैजाने जनाएको छ।
स्थानीयवासीहरूले समेत सुरक्षा सतर्कताले शान्तिपूर्ण निर्वाचन सुनिश्चित हुने विश्वास व्यक्त गरेका छन्।

Facebook Comments Box
TOP
413 Shares