

एसएसपी तारा देवी थापाको प्रमुख आतिथ्यमा व्यक्तिगत सुरक्षा तालिम समापन
भरतपुर, चितवन – आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत वार्षिक तालिम क्यालेण्डर अन्तर्गत नेपाल प्रहरी शिक्षालय भरतपुर मा सञ्चालन गरिएको “व्यक्तिगत सुरक्षा (प्र.ज.देखि प्र.व.ह.) तालिम पाँचौं समूह” को अन्तरक्रिया तथा समापन कार्यक्रम आज भव्य रूपमा सम्पन्न भएको छ। उक्त कार्यक्रम प्रहरी वरिष्ठ उपरीक्षक तारा देवी थापा को प्रमुख आतिथ्यतामा आयोजना गरिएको थियो।
मिति २०८२।१०।११ गतेदेखि सञ्चालन भएको उक्त तालिममा सहभागीहरूले व्यक्तिगत सुरक्षा सम्बन्धी सैद्धान्तिक तथा व्यावहारिक ज्ञान हासिल गरेका थिए। समापन समारोहलाई सम्बोधन गर्दै एसएसपी थापाले तालिमका क्रममा सिकेका ज्ञान, सीप र कौशललाई कार्यक्षेत्रमा उच्च व्यावसायिकता, अनुशासन र जिम्मेवारीका साथ प्रयोग गर्न निर्देशन दिनुभयो।
उहाँले सहभागीहरूबाट उठाइएका जिज्ञासाहरूको जवाफ दिँदै प्रहरी संगठनलाई अझ प्रभावकारी, उत्तरदायी र नागरिकमैत्री बनाउन यस्ता तालिमहरू महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो। साथै, तालिम सफलतापूर्वक सम्पन्न गरेकोमा सम्पूर्ण सहभागीहरूलाई बधाई ज्ञापन गर्दै प्रमाणपत्र वितरण गर्नुभयो।
कार्यक्रममा तालिमका प्रशिक्षकहरू तथा अन्य अधिकृतहरूको समेत उपस्थिति रहेको थियो। समापन समारोहले सहभागीहरूमा थप उत्साह र आत्मविश्वास अभिवृद्धि गरेको विश्वास गरिएको छ।
समाज
थप सामाग्री-
रवि लामिछाने र रास्वपालाई गगन थापाद्वारा महाधिवेशनको शुभकामना
-
बाजुराको रिठा बजार नजिक बस दुर्घटना, २१ जना घाइते
-
रास्वपाको महाधिवेशनस्थल पुगे आईजीपी कार्की, सुरक्षा व्यवस्थाको स्थलगत अनुगमन
-
आज असार ७ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
-
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
धनगढीमा ४४४ प्रहरीको काज सरुवा बदर, अस्वाभाविक निर्णयमाथि छानबिन हुने
१९ घण्टा अगाडि
1.6kViews 380 Shares Share on Facebook Share on Twitter धनगढी । सुदूरपश्चिम प्रदेशका तत्कालीन प्रहरी प्रमुख डीआईजी ओमबहादुर रानाले सरुवा…



