

गृहमन्त्री ओमप्रकाश अर्याल र आइजीपी दानबहादुर कार्कीद्धारा धादिङ बस दुर्घटनाका घाइतेको अवस्थाबारे जानकारी
काठमाडौं — धादिङमा भएको बस दुर्घटनामा परी घाइते भएका बिरामीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिन गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव राजकुमार श्रेष्ठ तथा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले अस्पताल पुगेर प्रत्यक्ष भेटघाट गर्नुभएको छ।
उहाँहरूले काठमाडौँस्थित नेपाल नेशनल हस्पिटल तथा ट्रमा सेन्टरमा उपचाररत घाइतेहरूको स्वास्थ्य अवस्थाबारे चिकित्सकहरूसँग विस्तृत जानकारी लिनुका साथै पीडित परिवारजनसँग पनि भेटघाट गर्नुभएको हो।
अस्पताल निरीक्षणका क्रममा गृहमन्त्री अर्यालले घाइतेहरूको उपचारमा कुनै कमी हुन नदिन सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्दै आवश्यक सम्पूर्ण सहयोग उपलब्ध गराइने आश्वासन दिनुभयो। उहाँले दुर्घटनाका कारणबारे निष्पक्ष छानबिन गरिने र दोषी पाइए कानुनी कारबाही गरिने बताउनुभयो।
प्रहरी महानिरीक्षक कार्कीले घटनाबारे प्रारम्भिक अनुसन्धान सुरु भइसकेको जानकारी दिँदै सडक सुरक्षासम्बन्धी आवश्यक कदम थप सुदृढ गरिने उल्लेख गर्नुभयो।
दुर्घटनापछि विभिन्न अस्पतालमा उपचाररत घाइतेहरूको अवस्था मध्यमदेखि गम्भीर रहेको चिकित्सकहरूले बताएका छन्। सरकारले पीडितहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै राहत तथा सहयोग व्यवस्थापनमा तीव्रता दिएको जनाएको छ।
समाज
थप सामाग्री-
आज असार ७ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
-
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
-
धनगढीमा ४४४ प्रहरीको काज सरुवा बदर, अस्वाभाविक निर्णयमाथि छानबिन हुने
-
क्षतिग्रस्त भवन पुनर्निर्माणमा सहयोग गर्ने दातालाई सम्मान
-
जबर्जस्ती करणी आरोपमा सुशील केसी पक्राउ, अनुसन्धान जारी
जावलाखेलमा आज रातो मच्छिन्द्रनाथको भोटो जात्रा सम्पन्न हुँदै
२२ घण्टा अगाडि
1.8kViews 250 Shares Share on Facebook Share on Twitter काठमाडौं । ललितपुरको जावलाखेलमा आज रातो मच्छिन्द्रनाथको प्रसिद्ध भोटो जात्रा हुँदैछ।…



