

निर्वाचन सुरक्षामा सुदूरपश्चिम प्रहरीको विशेष सक्रियता, ३६० प्रहरी परिचालन
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय ले आसन्न निर्वाचनलाई सुरक्षित, शान्तिपूर्ण र व्यवस्थित बनाउन विशेष सुरक्षा योजना अन्तर्गत मातहतका जिल्ला प्रहरी कार्यालयहरूमा थप मद्दत खटाउन सुरु गरेको छ।
निर्वाचन सुरक्षालाई थप सुदृढ बनाउन सुदूरपश्चिम प्रदेश प्रहरी गण धनगढी बाट ३६० जनाको प्रहरी टोली परिचालन गरिएको हो। उक्त टोलीलाई जिल्ला प्रहरी कार्यालय बैतडी, जिल्ला प्रहरी कार्यालय डडेल्धुरा र जिल्ला प्रहरी कार्यालय डोटी मा खटाइएको छ।
प्रदेश प्रहरी कार्यालयका अनुसार मतदान पूर्व, मतदानको दिन तथा मतगणना अवधिभर सुरक्षा व्यवस्था कडा पारिनेछ। सम्भावित जोखिमलाई मध्यनजर गर्दै संवेदनशील तथा अति–संवेदनशील क्षेत्रहरूमा विशेष निगरानी र गस्ती व्यवस्था मिलाइएको छ।
यसका साथै आवश्यकताअनुसार अन्य जिल्लाहरूमा पनि थप प्रहरी परिचालन गर्ने क्रम जारी रहेको जनाइएको छ। प्रदेश प्रहरीको यो सक्रियता र तयारीले सुदूरपश्चिममा शान्तिपूर्ण तथा निष्पक्ष निर्वाचन सम्पन्न हुने विश्वास बढाएको छ।
समाज
थप सामाग्री-
आज असार ७ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
-
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
-
धनगढीमा ४४४ प्रहरीको काज सरुवा बदर, अस्वाभाविक निर्णयमाथि छानबिन हुने
-
क्षतिग्रस्त भवन पुनर्निर्माणमा सहयोग गर्ने दातालाई सम्मान
-
जबर्जस्ती करणी आरोपमा सुशील केसी पक्राउ, अनुसन्धान जारी
जावलाखेलमा आज रातो मच्छिन्द्रनाथको भोटो जात्रा सम्पन्न हुँदै
२२ घण्टा अगाडि
1.8kViews 250 Shares Share on Facebook Share on Twitter काठमाडौं । ललितपुरको जावलाखेलमा आज रातो मच्छिन्द्रनाथको प्रसिद्ध भोटो जात्रा हुँदैछ।…



