

धादिङमा चट्याङको कहर: १२ वर्षीया बालिकाको मृत्यु, दुई जना घाइते काठमाडौँ रिफर
पोखरा/धादिङ — धादिङ जिल्लामा चट्याङ लागेर एक बालिकाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन्।
जिल्लाको त्रिपुरा सुन्दरी गाउँपालिका–३ मुलपानीमा परेको चट्याङका कारण शहीद लखन गाउँपालिका–८, गोरखाकी १२ वर्षीया दिलासा घर्ती मगरको मृत्यु भएको प्रहरीले जनाएको छ।
सोही घटनामा १३ वर्षीया दीक्षा घर्ती मगर र २४ वर्षीय वीरेन्द्र थापा मगर घाइते भएका छन्। उनीहरूलाई तत्काल उद्धार गरी आरुघाट आधारभूत अस्पतालमा उपचार गरिएको थियो।
अस्पतालका मेडिकल अधिकृत डा. कुशल अधिकारीका अनुसार घाइतेहरूको प्रारम्भिक उपचारपछि मुटु र स्नायु प्रणालीको थप निगरानी आवश्यक देखिएकाले विशेष उपचारका लागि काठमाडौँ रिफर गरिएको छ।
स्थानीयवासीका अनुसार वर्षासँगै परेको चट्याङले उक्त मानवीय क्षति भएको हो। वर्षायाम सुरु भएसँगै चट्याङका घटनामा वृद्धि हुन थालेकाले सावधानी अपनाउन सम्बन्धित निकायले आग्रह गरेका छन्।
समाज
थप सामाग्री-
आज असार ७ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
-
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
-
धनगढीमा ४४४ प्रहरीको काज सरुवा बदर, अस्वाभाविक निर्णयमाथि छानबिन हुने
-
क्षतिग्रस्त भवन पुनर्निर्माणमा सहयोग गर्ने दातालाई सम्मान
-
जबर्जस्ती करणी आरोपमा सुशील केसी पक्राउ, अनुसन्धान जारी
जावलाखेलमा आज रातो मच्छिन्द्रनाथको भोटो जात्रा सम्पन्न हुँदै
२२ घण्टा अगाडि
1.8kViews 250 Shares Share on Facebook Share on Twitter काठमाडौं । ललितपुरको जावलाखेलमा आज रातो मच्छिन्द्रनाथको प्रसिद्ध भोटो जात्रा हुँदैछ।…



