

उपत्यकामा निर्वाचनको सफल व्यवस्थापनमा प्रहरीको उत्कृष्ट योगदानः एआईजी ईश्वर कार्कीको उच्च सम्मान
काठमाडौं – प्रतिनिधि सभा सदस्य निर्वाचनको मतदान प्रक्रिया उपत्यकामा शान्तिपूर्ण र व्यवस्थित रुपमा सम्पन्न भएकोमा उपत्यका प्रहरी प्रमुख एआईजी ईश्वर कार्कीले खटिएका सम्पूर्ण प्रहरी कर्मचारीलाई हार्दिक धन्यवाद र उच्च सम्मान व्यक्त गर्नुभएको छ।
उहाँले भन्नुभयो, “देश र जनताको सुरक्षा, अमनचयन कायम राख्न तथा भयरहित वातावरणमा शान्ति सुरक्षा सुनिश्चित गर्न फिल्डमा अहोरात्र खटिने सम्पूर्ण नेपाल प्रहरीका कर्मचारीहरूप्रति मेरो उच्च कदर छ। तपाईंहरूको व्यावसायिकता, त्याग र सामूहिक जिम्मेवारीबोधले नै हाम्रो समाज सुरक्षित रहन्छ।”
एआईजी कार्कीको नेतृत्वमा उपत्यकामा प्रहरीको समन्वित प्रयासले निर्वाचनलाई सफल बनाएको उल्लेखनीय छ। यस क्रममा प्रहरीहरूले जनताको विश्वास जित्दै मतदान प्रक्रियालाई सहज र सुरक्षात्मक बनाएको उच्च प्रशंसा प्राप्त भएको छ।
समाज
थप सामाग्री-
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
-
धनगढीमा ४४४ प्रहरीको काज सरुवा बदर, अस्वाभाविक निर्णयमाथि छानबिन हुने
-
क्षतिग्रस्त भवन पुनर्निर्माणमा सहयोग गर्ने दातालाई सम्मान
-
जबर्जस्ती करणी आरोपमा सुशील केसी पक्राउ, अनुसन्धान जारी
-
जावलाखेलमा आज रातो मच्छिन्द्रनाथको भोटो जात्रा सम्पन्न हुँदै
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धी तालिम शुरु
१२ घण्टा अगाडि
2.2kViews 305 Shares Share on Facebook Share on Twitter नेपालगन्ज / क्रियाशिल पत्रकार महिलाहरुकालागि तिन दिने क्षमता अभिबृद्धी तालिम नेपालगन्जमा…



