

शान्ति सुरक्षा कायम राख्न प्रहरीको भूमिका प्रशंसनीय : आईजीपी दानबहादुर कार्की
काठमाडौं । दान बहादुर कार्कीले समाजमा शान्ति सुरक्षा कायम राख्न प्रहरी कर्मचारीहरूले निर्वाह गर्दै आएको भूमिका अत्यन्तै उत्कृष्ट रहेको बताउनुभएको छ। उहाँले आगामी दिनमा पनि सबै प्रहरी कर्मचारीहरूले निष्ठावान्, इमानदार र अनुशासित भई अझ उच्च व्यावसायिकता प्रदर्शन गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो।
नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यममार्फत प्रतिनिधि सभा सदस्य निर्वाचनको मतदानपछि अपनाउनुपर्ने सुरक्षा सतर्कता तथा समसामयिक विषयमा प्रहरी कर्मचारीहरूलाई निर्देशन दिँदै आईजीपी कार्कीले यस्तो धारणा व्यक्त गर्नुभएको हो।
उहाँले प्रतिनिधि सभा सदस्य निर्वाचनको मतदान प्रक्रिया शान्तिपूर्ण, भयरहित तथा निष्पक्ष वातावरणमा सफलतापूर्वक सम्पन्न गराउन देशभर खटिएका प्रहरी कर्मचारीहरूको भूमिका अत्यन्त प्रशंसनीय रहेको बताउनुभयो। प्रहरी कर्मचारीहरूले उच्च मनोबल, जिम्मेवारीबोध तथा व्यावसायिकता प्रदर्शन गर्दै आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा पूरा गरेको उहाँले उल्लेख गर्नुभयो।
आईजीपी कार्कीले निर्वाचनका क्रममा सम्पूर्ण प्रहरी कर्मचारीहरूले सामूहिक भावना र समन्वयका साथ आ-आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेको भन्दै त्यसका लागि धन्यवादसमेत व्यक्त गर्नुभयो। साथै मतदानपछि पनि सुरक्षा सतर्कता कायम राख्दै जनताको शान्ति सुरक्षामा अझ सक्रिय रहन सबै प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभएको छ।
उहाँले जनविश्वास कायम राख्दै कानूनको प्रभावकारी कार्यान्वयनमा प्रहरी संगठन सदैव प्रतिबद्ध रहेको समेत स्पष्ट पार्नुभयो।
समाज
थप सामाग्री-
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
-
धनगढीमा ४४४ प्रहरीको काज सरुवा बदर, अस्वाभाविक निर्णयमाथि छानबिन हुने
-
क्षतिग्रस्त भवन पुनर्निर्माणमा सहयोग गर्ने दातालाई सम्मान
-
जबर्जस्ती करणी आरोपमा सुशील केसी पक्राउ, अनुसन्धान जारी
-
जावलाखेलमा आज रातो मच्छिन्द्रनाथको भोटो जात्रा सम्पन्न हुँदै
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धी तालिम शुरु
१५ घण्टा अगाडि
2.3kViews 305 Shares Share on Facebook Share on Twitter नेपालगन्ज / क्रियाशिल पत्रकार महिलाहरुकालागि तिन दिने क्षमता अभिबृद्धी तालिम नेपालगन्जमा…



