

प्रहरी महानिरीक्षक कार्कीबाट उपत्यकाका प्रहरीलाई निर्देशन: सेवा, अनुशासन र जनविश्वास मजबुत बनाउन जोड
काठमाडौं । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्थालाई अझ प्रभावकारी, पारदर्शी र जनमैत्री बनाउन प्रहरी कर्मचारीलाई स्पष्ट निर्देशन दिएका छन्।
काठमाडौं उपत्यका प्रहरी कार्यालयमा आयोजित निर्देशन सम्बोधन कार्यक्रममा महानिरीक्षक कार्कीले उपत्यका प्रहरी कार्यालय तथा मातहतका सबै कार्यालयका प्रमुख र प्रहरी कर्मचारीहरूलाई जिम्मेवारीप्रति प्रतिबद्ध रहँदै नागरिकको विश्वास जित्ने गरी काम गर्न आग्रह गरे।
उनले प्रहरी संगठनको प्रमुख लक्ष्य शान्ति–सुरक्षा कायम गर्नु मात्र नभई नागरिकको भरोसा जित्ने सेवा प्रवाह गर्नु भएको बताउँदै अनुशासन, इमान्दारिता र व्यावसायिकता प्रहरीको पहिचान हुनुपर्नेमा जोड दिए।
महानिरीक्षक कार्कीले काठमाडौं उपत्यका देशको प्रशासनिक, राजनीतिक र आर्थिक केन्द्र भएकाले यहाँको सुरक्षा व्यवस्थामा थप संवेदनशीलता अपनाउन निर्देशन दिँदै अपराध नियन्त्रण, ट्राफिक व्यवस्थापन तथा सार्वजनिक सुरक्षालाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताए।
कार्यक्रममा उपत्यकाभित्र कार्यरत विभिन्न प्रहरी इकाइका प्रमुखहरूले आ–आफ्नो कार्यक्षेत्रको अवस्था, चुनौती र आगामी कार्ययोजनाबारे जानकारी प्रस्तुत गरेका थिए। महानिरीक्षक कार्कीले प्रस्तुत विवरणका आधारमा आवश्यक सुझाव र मार्गदर्शन प्रदान गरेका थिए।
प्रहरी संगठनलाई आधुनिक, व्यावसायिक र जनउत्तरदायी बनाउने लक्ष्यसहित यस्ता निर्देशन तथा अन्तरक्रिया कार्यक्रमले कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरिएको छ।
समाज
थप सामाग्री-
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
-
धनगढीमा ४४४ प्रहरीको काज सरुवा बदर, अस्वाभाविक निर्णयमाथि छानबिन हुने
-
क्षतिग्रस्त भवन पुनर्निर्माणमा सहयोग गर्ने दातालाई सम्मान
-
जबर्जस्ती करणी आरोपमा सुशील केसी पक्राउ, अनुसन्धान जारी
-
जावलाखेलमा आज रातो मच्छिन्द्रनाथको भोटो जात्रा सम्पन्न हुँदै
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धी तालिम शुरु
१५ घण्टा अगाडि
2.3kViews 305 Shares Share on Facebook Share on Twitter नेपालगन्ज / क्रियाशिल पत्रकार महिलाहरुकालागि तिन दिने क्षमता अभिबृद्धी तालिम नेपालगन्जमा…



