

समानुपातिक सांसदलाई आज प्रमाणपत्र, दिउँसो राष्ट्रपतिलाई प्रतिवेदन बुझाइने
काठमाडौँ । निर्वाचन आयोग ले प्रतिनिधिसभाको समानुपातिक प्रणालीबाट निर्वाचित सांसदहरूलाई आज बिहान प्रमाणपत्र प्रदान गर्ने भएको छ। आयोगका प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराईका अनुसार बिहान ११ बजे आयोग परिसरमै औपचारिक कार्यक्रममार्फत प्रमाणपत्र वितरण गरिनेछ।
समानुपातिकतर्फ कुल ११० सांसद निर्वाचित हुने व्यवस्था छ। हालै सार्वजनिक नतिजाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी ले ५७ सिट प्राप्त गरेको छ भने नेपाली कांग्रेस ले २०, नेकपा एमाले ले १६ र नेपाल कम्युनिस्ट पार्टी ले ९ सिट जितेका छन्। त्यस्तै श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी ले समान रूपमा ४–४ सिट प्राप्त गरेका छन्।
प्रमाणपत्र वितरणपछि आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनसम्बन्धी अन्तिम प्रतिवेदन दिउँसो ४ बजे रामचन्द्र पौडेल समक्ष, शीतलनिवासमा पेश गर्ने कार्यक्रम तय भएको छ।
यससँगै आयोगले साँझ ५:३० बजे पत्रकार सम्मेलनमार्फत निर्वाचन प्रक्रियादेखि अन्तिम नतिजासम्मका सबै विवरण सार्वजनिक गर्ने जनाएको छ।
गत फागुन २१ गते देशभर सम्पन्न प्रतिनिधिसभा निर्वाचनको अन्तिम नतिजा आयोगले यसअघि नै सार्वजनिक गरिसकेको छ।
समाज
थप सामाग्री-
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
-
धनगढीमा ४४४ प्रहरीको काज सरुवा बदर, अस्वाभाविक निर्णयमाथि छानबिन हुने
-
क्षतिग्रस्त भवन पुनर्निर्माणमा सहयोग गर्ने दातालाई सम्मान
-
जबर्जस्ती करणी आरोपमा सुशील केसी पक्राउ, अनुसन्धान जारी
-
जावलाखेलमा आज रातो मच्छिन्द्रनाथको भोटो जात्रा सम्पन्न हुँदै
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धी तालिम शुरु
१४ घण्टा अगाडि
2.3kViews 305 Shares Share on Facebook Share on Twitter नेपालगन्ज / क्रियाशिल पत्रकार महिलाहरुकालागि तिन दिने क्षमता अभिबृद्धी तालिम नेपालगन्जमा…



