

ललितपुरमा विद्यार्थी लक्षित लागूऔषध नियन्त्रण र सवारी सुरक्षा सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न
काठमाडौं । ललितपुरमा विद्यार्थी लक्षित सचेतनामूलक कार्यक्रमअन्तर्गत लागूऔषध नियन्त्रण तथा सवारी दुर्घटना न्यूनिकरण विषयक प्रशिक्षण सम्पन्न गरिएको छ।
वडा प्रहरी कार्यालय लगनखेलको आयोजनामा लगनखेलस्थित क्याम्पीयन स्कूल तथा एकेडेमीमा कक्षा ९ र ११ मा अध्ययनरत विद्यार्थीहरूका लागि उक्त कार्यक्रम सञ्चालन गरिएको हो। कार्यक्रम विद्यालयको सभाहलमा सम्पन्न भएको थियो।
ललितपुर प्रहरी परिसरका एसपी गौतम मिश्र र वडा प्रहरी कार्यालय लगनखेलका प्रहरी वरिष्ठ सई पुरुषोत्तम नेपालीले सहजीकरण गरेको कार्यक्रममा “समुदाय प्रहरी साझेदारी” अभियानअन्तर्गत “हाम्रो प्रहरी, नेपाल प्रहरी” भन्ने आदर्श वाक्यलाई केन्द्रमा राखिएको थियो।
कार्यक्रममा लागूऔषध दुव्र्यसनको जोखिम, त्यसबाट हुने सामाजिक तथा व्यक्तिगत क्षति, तथा सवारी दुर्घटनाका प्रमुख कारण र न्यूनीकरणका उपायबारे विद्यार्थीहरूलाई जानकारी दिइएको थियो। सहभागी विद्यार्थीहरूलाई सचेत, जिम्मेवार र सुरक्षित नागरिक बन्न प्रेरित गर्ने उद्देश्यले अन्तरक्रियात्मक शैलीमा प्रशिक्षण सञ्चालन गरिएको थियो।
उक्त कार्यक्रममा क्याम्पीयन स्कूल तथा एकेडेमीका प्रिन्सिपल अन्जु प्रधानसहित शिक्षक/शिक्षिका र विद्यार्थी गरी करिब १५० जनाको सहभागिता रहेको थियो।
प्रहरी–समुदाय सहकार्यलाई अझ प्रभावकारी बनाउँदै यस्ता कार्यक्रमहरूले युवापुस्तामा सकारात्मक सोच विकास गर्ने विश्वास आयोजकले व्यक्त गरेका छन्।
समाज
थप सामाग्री-
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
-
धनगढीमा ४४४ प्रहरीको काज सरुवा बदर, अस्वाभाविक निर्णयमाथि छानबिन हुने
-
क्षतिग्रस्त भवन पुनर्निर्माणमा सहयोग गर्ने दातालाई सम्मान
-
जबर्जस्ती करणी आरोपमा सुशील केसी पक्राउ, अनुसन्धान जारी
-
जावलाखेलमा आज रातो मच्छिन्द्रनाथको भोटो जात्रा सम्पन्न हुँदै
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धी तालिम शुरु
१२ घण्टा अगाडि
2.3kViews 305 Shares Share on Facebook Share on Twitter नेपालगन्ज / क्रियाशिल पत्रकार महिलाहरुकालागि तिन दिने क्षमता अभिबृद्धी तालिम नेपालगन्जमा…



