प्रहरी परिसर काठमाडौंमा डिएसपी पनेरुको रजगज

काठमाडौं ।डिएसपी निर्मल पनेरुले प्रहरी परिसर काठमाडौंमा रजगज चलाएको पाइएको छ।हाल प्रहरी परिसर काठमाडौंको प्रशासन शाखामा कार्यरत पनेरुले उठौति पुठौति धन्दामा जोड दिएको पाइएको हो।इन्सपेक्टर हुँदा दम्भले भरिएका प्रधानमन्त्री केपी ओलीको पिएसओ बसेका निर्मल पनेरुले त्यस बखत पनि प्रधानमन्त्रीको नाम बेच्दै राम्रै आर्थिक नजरना लुँड्याएको उनी निकट जानकारहरुले बताउँदै आएका छन। प्रधानमन्त्री ओलीको गुलामी पछि नेपाल प्रहरीका काविल अफिसरहरुलाई पछि पार्दै पनेरु डिएसपी बन्न सफल भए। डिएसपीमा बढुवा भए लगत्तै तत्कालीन प्रधानमन्त्री केपी ओलीको ठाडो आदेसमा काठमाडौं प्रहरी परिसरको मालदार अड्डाको रुपमा चिनिने बैँकिँग कसुर शाखा हत्याउन सफल भए।तत्कालीन समयमा काठमाडौं प्रहरी प्रमुख थिए एसएसपी विश्व अधिकारी ।देशको बदलिँदो राजनीतिक घटनाक्रम सँगै व्यस्त तत्कालीन एसएसपी विश्व अधिकारीको आँखामा छारो हाल्दै कमाउ धन्दामा व्यस्त देखिन्थे डिएसपी निर्मल पनेरु । बैकिङ्ग कसुर शाखाका प्रमुख पनेरु र उनका सहयोगी इन्सपेक्टर द्वय कुशल कुमार वर्तौला र भानुभक्त अर्यालको टिमको खेलोमेलोले हिमाल चढेको त्यस बखत प्रहरी परिसर काठमाडौंमा चर्चाको विषय बनेको थियो।मेडिकल माफिया दुर्गा प्रसाँइको गत चैत १५ गतेको आन्दोलन र भदौको जेनजी आन्दोलनको सुरक्षामा अहोरात्र सडकमा खटिएका तत्कालीन एसएसपी विश्व अधिकारी फनफनी घुमाउँदै आएका पनेरुको हर्कत एक व्यापारीसँग हिमालयन जाभामा डिलिङ्गकै अबस्थामा भेटिएपछि छताछुल्ल भएको थियो।यतिमात्र नभई तत्कालीन समयमा अनुचित लेनदेनमा पक्राउ पुर्जी जारी भएका काठमाडौंको स्वयम्भूमा बस्ने मिटर व्याजी हरेश माया खड्गी र बुद्ध रत्न खड्गीलाई आफ्नो कार्यकक्षमा बोलाएर गफिएर बस्ने गरेको समेत पाइएको थियोे । डिएसपी पनेरुको यस्ता रवैयाको घेरा तोड्दै नेपाल प्रहरीका काविल अफिसर तत्कालीन स्वयम्भूका डिएसपी उद्वव सिहँ भाटले मिटर व्याजी हरेश माया र बुद्ध रत्नलाई पक्राउ गरि एसएसपी विश्व अधिकारीलाई बुझाएका थिए।यी सबै घटना क्रम पछि डिएसपी पनेरुलाई बैँकिङ्ग कसुर शाखाको जिम्मेवारीबाट मुक्त गराई अन्य जिम्मेवारी दिईएको थियो ।जेनजी आन्दोलन पछि प्रहरी परिसर काठमाडौंको कमाण्ड सम्हाल्न पुगे एसएसपी रमेश थापा ।भाग्यको लेखा -दैवको लिला प्रहरी परिसर काठमाडौंको कमाण्ड सम्हालेकै दिन एसएसपी रमेश थापालाई मातृशोक पर्यो ।नेपाल प्रहरी संगठनको सधै हित चिताउने ,जनताको मनमुटुमा बस्न सफल एसएसपी रमेश थापालाई मातृशोक परेको बखत उनले प्रहरी परिसर काठमाडौंमा  घुमुवाको कमाण्ड सम्हालेका थिए। घुमुवाको कमाण्ड समालेका बेला पनेरुले देखाएका हर्कतको पनि प्रहरी परिसर काठमाडौंमा व्यापक चर्चा चलेको थियो ।नेपाल प्रहरी संगठनकै सोझा एसएसपीको छवि बनाएका रमेश थापालाई गुमराहमा राख्दै डिएसपी पनेरु पुनः काठमाडौं प्रहरीको प्रशासन शाखा हत्याउन सफल भए ।जेनजी आन्दोलन पछि प्रहरीका ध्वस्त भएका संरचना निर्माण ,कमजोर भएको प्रहरीको मनोबल उकास्न तल्लीन एसएसपी रमेश थापाको व्यस्ततालाई भरपुर उपयोग गर्दै डिएसपी पनेरुले उठौति पुठौति धन्दामा जोड दिएका छन ।प्रहरी परिसर सोर्तका अनुसार “किलो” एकको व्यस्त कार्यतालिकाबीच शाखामा भइरहेको गतिविधिबारे पर्याप्त निगरानी हुन नसक्दा पनेरु नेतृत्वको टोली आर्थिक चलखेल लिप्त रहेको बताइन्छ । गत हप्ता डिएसपी पनेरुले काठमाडौंको कालिमाटीमा सानो व्यापार गर्दै आएका एक व्यापारीलाई झन्डै मर्न बाध्य बनाएको घटना बाहिरिएको छ।काठमाडौं उपत्यकालाई आधार इलाका बनाउँदै मिटर व्याजी धन्दा चलाउँदै आएका भारतीय नागरिक भरत प्रसाद साह (कलवार) सँग मिलि डिएसपी पनेरुले यस्तो रवैया चलाएको बुझिएको हो।कालिमाटीमा सानो व्यापार गर्दै आएका एक व्यापारीले व्यापारको सिलसिलामा भरत प्रसाद सँग एक करोड रुपैयाँ ऋण लिएकोमा मिटर व्याज सहित करिव १० करोड रुपैयाँ बुझाई सकेको पिडितले रुँदै जनरक्षा लाई बताएका छन ।मिटर व्याजी भरत प्रसादले डिएसपी पनेरुको सल्लाहमा काठमाडौंको सिडियोलाइ समेत गुमराहमा राख्दै शान्ति सुरक्षाको नाममा उठौति पुठौति धन्दा चलाएको बुझिएको छ। पिडित व्यापारी सुगर,प्रेसर र डिप्रेसनका रोगले आफैं क्षेतविक्षेत अबस्थामा छन भने उनले कसलाई कसरी सुरक्षाको थेर्ट देलान ? यो सोचनिय विषय बनेको छ।पिडित व्यापारीले तिर्नै नपर्ने रकमलाई तिर्नु पर्छ भन्दै डिएसपी पनेरुले बाराम्बार फोन गर्दै धम्क्याएर भरत प्रसाद र उनका छोरा बुहारीको नाम उल्लेख गर्दै ३ करोडको दरले तीन वटा कागजमा ९ करोडको तमसुक बनाई हस्ताक्षर गराउने तयारी गरिरहेको अबस्थामा जनरक्षाको सम्पर्कमा आएका थिए।यतिमात्र नभई डिएसपी पनेरुले गत हप्ता पिडित व्यापारीलाई मानसिक तनाव दिँदै दिनभर कालिमाटी प्रहरी बृतमा राख्न लगाएको बुझिएको छ।डिएसपी पनेरुको निर्देशनमा तयारी गरेको ९ करोडको कागज जनरक्षा सँग सुरक्षित रहेको छ।भरत प्रसादले प्रहरी परिसर काठमाडौंमा शान्ति सुरक्षा सहित ठाडो उजुरीमा पेस गरेको कागजात नेपाली नागरिक्ता र लाइसेन्स शंकास्पद देखिएको छ ।उनको नागरिक्ता बारे जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बुझ्दा कुनै कागजात भेटीएको छैन ।यश विषयमा अनुसन्धान सम्बन्धित निकायले गरोस ।समाचारको विषयलाई लिएर डिएसपी पनेरुसँग सम्पर्क गर्दा गल्ती स्वीकार गरेका छन।डिएसपी निर्मल पनेरुको यस्ता अनेक रवैयाबारे जनरक्षाको खोजी जारी रहने छ।

Facebook Comments Box
TOP
187 Shares