

निर्वाचन सफलतामा नेपाल प्रहरीको नेतृत्व चम्कियो : आइजीपी कार्कीको विशेष मूल्यांकनसहित सुरक्षा निकाय सम्मानित
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले हालै सम्पन्न निर्वाचनलाई शान्तिपूर्ण, विश्वसनीय र प्रभावकारी रूपमा सम्पन्न गराउन भूमिका निर्वाह गर्ने सुरक्षा निकायका प्रमुखहरूलाई सम्मान गरेका छन्। कार्यक्रममा विशेषगरी नेपाल प्रहरीको नेतृत्व सम्हाल्दै निर्वाचन सुरक्षा व्यवस्थापनलाई सफल बनाएका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको उल्लेखनीय भूमिका उच्च रूपमा मूल्यांकन गरिएको छ।
गृह मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री अर्यालले गृह सचिव राजकुमार श्रेष्ठ, रक्षा सचिव केदारनाथ शर्मा, नेपाली सेनाका बलाध्यक्ष रथि प्रदीपजङ्ग केसी, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्कीलगायतलाई प्रशंसापत्र प्रदान गर्दै सम्मान गरेका हुन्।
कार्यक्रममा बोल्दै मन्त्री अर्यालले नेपाल प्रहरीको नेतृत्वमा गरिएको सुरक्षा व्यवस्थापनलाई निर्वाचन सफलताको मुख्य आधारका रूपमा उल्लेख गरे। उनले आइजीपी कार्कीको संयमित नेतृत्व, रणनीतिक योजना र मैदानस्तरमा प्रभावकारी परिचालनले सम्भावित जोखिमहरू न्यूनीकरण गर्न निर्णायक भूमिका खेलेको बताए।
“यसपटकको निर्वाचनमा कुनै ठूलो सुरक्षा चुनौती देखिएन, रक्तपात भएन, पुनः मतदान गर्नुपरेन,” मन्त्री अर्यालले भने, “यसमा दानबहादुर कार्की नेतृत्वको नेपाल प्रहरीको सक्रियता, समन्वय क्षमता र पेशागत दक्षता अत्यन्त प्रशंसनीय छ।”
उनले केन्द्रदेखि जिल्ला तहसम्म प्रहरी संगठनले देखाएको एकीकृत कमाण्ड, सूचना विश्लेषण र संवेदनशील क्षेत्रको सूक्ष्म निगरानीले निर्वाचनलाई शान्तिपूर्ण बनाएको उल्लेख गरे। साथै, अन्य सुरक्षा निकायसँगको समन्वयमा पनि नेपाल प्रहरीले अग्रणी भूमिका खेलेको उनको भनाइ थियो।
मन्त्री अर्यालले निर्वाचनमा खटिएका सम्पूर्ण सुरक्षाकर्मी, कर्मचारी तथा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूको योगदानलाई पनि उच्च मूल्यांकन गर्दै भविष्यमा पनि यही स्तरको समन्वय र जिम्मेवारी कायम राख्न आग्रह गरे।
कार्यक्रममा सहभागी अधिकारीहरूले पनि समन्वित सुरक्षा रणनीति, स्पष्ट निर्देशन र प्रभावकारी नेतृत्वका कारण निर्वाचन ऐतिहासिक रूपमा सफल भएको प्रतिक्रिया दिएका थिए।
समाज
थप सामाग्री-
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
-
धनगढीमा ४४४ प्रहरीको काज सरुवा बदर, अस्वाभाविक निर्णयमाथि छानबिन हुने
-
क्षतिग्रस्त भवन पुनर्निर्माणमा सहयोग गर्ने दातालाई सम्मान
-
जबर्जस्ती करणी आरोपमा सुशील केसी पक्राउ, अनुसन्धान जारी
-
जावलाखेलमा आज रातो मच्छिन्द्रनाथको भोटो जात्रा सम्पन्न हुँदै
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धी तालिम शुरु
१४ घण्टा अगाडि
2.3kViews 305 Shares Share on Facebook Share on Twitter नेपालगन्ज / क्रियाशिल पत्रकार महिलाहरुकालागि तिन दिने क्षमता अभिबृद्धी तालिम नेपालगन्जमा…



