एआईजी ईश्वर कार्कीको ललितपुर प्रहरी निरीक्षण: ‘नागरिकमैत्री सेवा र कडा कानुनी कार्यान्वयनमा जोड’

काठमाडौं । काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) ईश्वर कार्कीले जिल्ला प्रहरी परिसर ललितपुरको निरीक्षण गर्दै प्रहरी सेवा प्रवाहलाई थप प्रभावकारी, नागरिकमैत्री र प्रविधिमैत्री बनाउन निर्देशन दिएका छन्।

बुधबार सम्पन्न निरीक्षण कार्यक्रममा एआईजी कार्कीले परिसरअन्तर्गतका विभिन्न शाखा, परिचालन कक्ष तथा संरचनाको स्थलगत अवलोकन गरेका थिए। निरीक्षणपश्चात आयोजित निर्देशन कार्यक्रममा उनले मातहतका प्रहरी वृत्त, प्रभाग तथा बिटका प्रमुखसहित उपस्थित प्रहरी कर्मचारीहरूलाई समसामयिक सुरक्षा चुनौतीहरूको सामना गर्न तयार रहन आग्रह गरे।

उनले ललितपुर जिल्लामा विभिन्न समयमा आयोजना भएका मेला, पर्व, जुलुस, आन्दोलन तथा हालै सम्पन्न निर्वाचनमा प्रहरीले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा अझ व्यावसायिक, जिम्मेवार र परिणाममुखी कार्यशैली अपनाउन निर्देशन दिए।

एआईजी कार्कीले भने, “प्रत्येक चुनौतीलाई अवसरका रूपमा लिएर प्रहरी कौशलता प्रदर्शन गर्नुपर्छ।” उनले नागरिकमैत्री सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै गैरकानुनी गतिविधिविरुद्ध कडाइका साथ कानुनी कारबाही गर्न निर्देशन दिए।

साथै, भविष्यका सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै सूचना सङ्कलन प्रणालीलाई सुदृढ बनाउन, प्राप्त सूचनाको विश्लेषणमा प्रविधिको प्रयोग बढाउन र प्रहरी परिचालनलाई थप प्रभावकारी बनाउँदै सुरक्षालाई सुदृढ गर्नुपर्नेमा उनले विशेष जोड दिए।

निरीक्षण तथा निर्देशन कार्यक्रमले ललितपुर जिल्लाको शान्ति सुरक्षा व्यवस्थापनलाई अझ व्यवस्थित, प्रविधिमैत्री र परिणाममुखी बनाउने अपेक्षा गरिएको छ।

Facebook Comments Box
सर्वोच्चको आदेशपछि स्मार्ट टेलिकम प्रकरण अनुसन्धानमा तीव्रता, एनसेल लिलाम प्रक्रियामाथि पनि प्रश्न उठ्दै
९ घण्टा अगाडि

1.9kViews 249 Shares Share on Facebook Share on Twitter काठमाडौं । स्मार्ट टेलिकमसँग सम्बन्धित करिब पाँच अर्ब रुपैयाँको वित्तीय अनियमितता…

TOP
453 Shares