

जेनजी आन्दोलनमा ७६ को मृत्यु, २५२२ घाइते — कार्की आयोग प्रतिवेदन
काठमाडौं । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा ७६ जनाको ज्यान गएको तथ्य सार्वजनिक भएको छ। गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले सार्वजनिक गरेको प्रतिवेदन अनुसार मृतकमध्ये २४ जना आन्दोलनकारीतर्फकै रहेका छन्।
प्रतिवेदनले घटनाका क्रममा प्रहरी, सर्वसाधारण तथा विदेशी नागरिकसमेतको ज्यान गएको उल्लेख गरेको छ। आन्दोलनकारीको कुटपिटबाट तीन प्रहरीको मृत्यु भएको आयोगले जनाएको छ।
यस्तै, व्यावसायिक तथा निजी भवनमा लगाइएको आगलागीका कारण पाँच जनाको ज्यान गएको छ भने निजी प्रतिष्ठानमा कार्यरत कर्मचारी र सर्वसाधारण गरी थप तीन जनाको मृत्यु भएको प्रतिवेदनमा उल्लेख छ।
काठमाडौंस्थित Hyatt Regency Kathmandu मा एक भारतीय नागरिकको मृत्यु भएको छ। त्यसैगरी Bhatbhateni Supermarket क्षेत्रमा जलेको अवस्थामा फेला परेका १२ जनाको पहिचान अझै खुल्न सकेको छैन।
प्रहरीको गोली लागेर ४२ जनाको मृत्यु भएको आयोगले जनाएको छ भने १० जना कैदीबन्दी भाग्ने क्रममा गोली लागेर ज्यान गुमाएका थिए।
सरकारले तीन प्रहरीसहित प्रहरीको गोली लागेर ज्यान गुमाएका ४२ जनालाई सहिद घोषणा गरिसकेको छ।
आयोगका अनुसार उक्त घटनामा कुल २ हजार ५२२ जना घाइते भएका छन्।
समाज
थप सामाग्री-
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
-
धनगढीमा ४४४ प्रहरीको काज सरुवा बदर, अस्वाभाविक निर्णयमाथि छानबिन हुने
-
क्षतिग्रस्त भवन पुनर्निर्माणमा सहयोग गर्ने दातालाई सम्मान
-
जबर्जस्ती करणी आरोपमा सुशील केसी पक्राउ, अनुसन्धान जारी
-
जावलाखेलमा आज रातो मच्छिन्द्रनाथको भोटो जात्रा सम्पन्न हुँदै
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धी तालिम शुरु
१४ घण्टा अगाडि
2.3kViews 305 Shares Share on Facebook Share on Twitter नेपालगन्ज / क्रियाशिल पत्रकार महिलाहरुकालागि तिन दिने क्षमता अभिबृद्धी तालिम नेपालगन्जमा…



