

जेन–जी शहीदको सम्मानमा देशभर १ मिनेट मौनधारणको निर्देशन
काठमाडौं । प्रधानमन्त्री (बालेन) नेतृत्वमा शुक्रबार बसेको पहिलो मन्त्रिपरिषद् बैठकले देशभरका निजामती तथा फौजी कर्मचारीलाई जेन–जी आन्दोलनका शहीदहरूको सम्मानमा १ मिनेट मौनधारण गर्न निर्देशन दिएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट शनिबार जारी गरिएको आन्तरिक सर्कुलरअनुसार भोलि आइतबार (चैत १५ गते) बिहान ठीक १० बजे सबै सरकारी कार्यालयमा अनिवार्य रूपमा मौनधारण गरिनेछ।
सर्कुलरमा भनिएको छ, “२०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनपश्चात २०८२ चैत १३ गते सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहज्यूको नेतृत्वमा नयाँ सरकार गठन भइसकेको छ। सार्वजनिक बिदापछि कार्यालय खुलेको पहिलो दिन जेन–जी आन्दोलन लगायतका शहीदहरूको सम्मानमा १ मिनेट मौनधारण गर्ने/गराउने व्यवस्था मिलाउन निर्देशन दिइएको छ।”
सरकारले यो निर्णयलाई राष्ट्रिय एकता, लोकतान्त्रिक आन्दोलनप्रति सम्मान र बलिदानीहरूको सम्झनास्वरूप लिएको बताएको छ। सबै मन्त्रालय, विभाग तथा मातहतका निकायलाई निर्देशनको कडाइका साथ पालना गर्न पनि आग्रह गरिएको छ।
समाज
थप सामाग्री-
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
-
धनगढीमा ४४४ प्रहरीको काज सरुवा बदर, अस्वाभाविक निर्णयमाथि छानबिन हुने
-
क्षतिग्रस्त भवन पुनर्निर्माणमा सहयोग गर्ने दातालाई सम्मान
-
जबर्जस्ती करणी आरोपमा सुशील केसी पक्राउ, अनुसन्धान जारी
-
जावलाखेलमा आज रातो मच्छिन्द्रनाथको भोटो जात्रा सम्पन्न हुँदै
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धी तालिम शुरु
१४ घण्टा अगाडि
2.3kViews 305 Shares Share on Facebook Share on Twitter नेपालगन्ज / क्रियाशिल पत्रकार महिलाहरुकालागि तिन दिने क्षमता अभिबृद्धी तालिम नेपालगन्जमा…



