

तनहुँमा पत्रकार महासङ्घको स्थापना दिवस : ६ पत्रकार पुरस्कृत
तनहुँ । नेपाल पत्रकार महासङ्घको ७१औँ स्थापना दिवसका अवसरमा तनहुँमा ६ पत्रकार पुरस्कृत भएका छन् । नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाले आज दमौलीमा आयोजना गरेको कार्यक्रममा उनीहरुलाई पुरस्कृत गरिएको हो ।
रणबहादुर गुरुङद्वारा स्थापित सुरज गुरुङ स्मृति पत्रकारिता पुरस्कारबाट उज्वल पौडेल, मुक्तिनाथ खनालद्वारा स्थापित भवानी खनाल स्मृति पत्रकारिता पुरस्कारबाट नारायण खड्का, प्रदीप काफ्लेद्वारा स्थापित पुरुषोत्तम काफ्ले स्मृति पत्रकारिता पुरस्कारबाट श्रीहरि पौडेल, उत्तम र सुमन भट्टराईद्वारा स्थापित हरिभक्त भट्टराई स्मृति पत्रकारिता पुरस्कारबाट राजकुमार श्रेष्ठ विवि, वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेद्वारा स्थापित चिरञ्जीवी हरिमाया स्मृति पत्रकारिता पुरस्कारबाट मिला दरै तथा भाग्यशालाी ढुङ्गानाद्वारा स्थापित टीकानीधि ढुङ्गाना स्मृति व्यास पराशर पत्रकारिता पुरस्कारबाट ओमकार आचार्यलाई पुरस्कृत गरिएको छ ।
महासङ्घले न्याय, सहकारी, धार्मिक, सांस्कृतिक तथा पर्यटनलगायतका क्षेत्रमा कलम चलाउने पत्रकारलाई पुरस्कृत गर्दै आएको छ । सुरज गुरुङ पत्रकारिता पुरस्कारको राशि रु पाँच हजार तथा अन्य पुरस्कारको राशि जनही रु १० हजार रहेको छ ।व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारी, शाखाका अध्यक्ष डिपी अधिकारीलगायतले उनीहरूलाई पुरस्कृत गरेका छन् ।रासस
समाज
थप सामाग्री-
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
-
धनगढीमा ४४४ प्रहरीको काज सरुवा बदर, अस्वाभाविक निर्णयमाथि छानबिन हुने
-
क्षतिग्रस्त भवन पुनर्निर्माणमा सहयोग गर्ने दातालाई सम्मान
-
जबर्जस्ती करणी आरोपमा सुशील केसी पक्राउ, अनुसन्धान जारी
-
जावलाखेलमा आज रातो मच्छिन्द्रनाथको भोटो जात्रा सम्पन्न हुँदै
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धी तालिम शुरु
१४ घण्टा अगाडि
2.3kViews 305 Shares Share on Facebook Share on Twitter नेपालगन्ज / क्रियाशिल पत्रकार महिलाहरुकालागि तिन दिने क्षमता अभिबृद्धी तालिम नेपालगन्जमा…



