

प्रहरीको सम्मानमा एलिना चौहानको स्वर—“शब्द होइन, व्यवहारमा देखियोस्”
काठमाडौँ । चर्चित गायिका ले नेपाल प्रहरीप्रति सम्मान व्यक्त गर्दै गृहमन्त्री ले व्यक्त गरेका प्रतिबद्धता व्यवहारमै लागू हुनुपर्ने बताएकी छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले प्रहरीको त्याग, समर्पण र निरन्तर सेवाको खुलेर प्रशंसा गरेकी छन्। गृहमन्त्रीले प्रहरीको भूमिका र बलिदानबारे बोलेकोमा धन्यवाद व्यक्त गर्दै उनले ती शब्दहरू केवल भाषणमै सीमित नरही कार्यान्वयनमा देखिनुपर्नेमा जोड दिएकी हुन्।
एलिनाले आफ्नो पोस्टमा प्रहरीको कठिन दैनिकी चित्रण गर्दै लेखेकी छन्—
“घामले पोल्दा पनि उभिनै रहने, झरीले भिजाउँदा पनि हिँडिरहने, हामी चाडबाडमा रमाउँदा सडकको बत्तीमुनि उभिएर हाम्रो खुसी जोगाउने ती प्रहरीहरू, जसले आफ्नो जीवन जोखिममा राखेर हाम्रो सुरक्षाको कसम खाएका छन्।”
उनले थपिन्, “उहाँहरूको पक्षमा खुलेर बोल्ने नेतृत्व पहिलो पटक देखियो। धन्यवाद गृहमन्त्रीज्यू, आशा छ यो आवाज शब्दमै सीमित नरहोस्।”
एलिनाको यो अभिव्यक्तिपछि सामाजिक सञ्जालमा व्यापक प्रतिक्रिया आएको छ। धेरैले प्रहरीको कार्यदक्षता, अनुशासन र योगदानको प्रशंसा गर्दै उनीहरूको न्यून सेवा–सुविधा सुधार गर्न राज्यले ध्यान दिनुपर्ने धारणा राखेका छन्।
यो प्रसंगले फेरि एकपटक सुरक्षा निकायको मनोबल, सेवा–सुविधा र कार्यपरिस्थितिबारे राष्ट्रिय बहस आवश्यक रहेको संकेत दिएको छ।
समाज
थप सामाग्री-
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
-
धनगढीमा ४४४ प्रहरीको काज सरुवा बदर, अस्वाभाविक निर्णयमाथि छानबिन हुने
-
क्षतिग्रस्त भवन पुनर्निर्माणमा सहयोग गर्ने दातालाई सम्मान
-
जबर्जस्ती करणी आरोपमा सुशील केसी पक्राउ, अनुसन्धान जारी
-
जावलाखेलमा आज रातो मच्छिन्द्रनाथको भोटो जात्रा सम्पन्न हुँदै
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धी तालिम शुरु
१४ घण्टा अगाडि
2.3kViews 305 Shares Share on Facebook Share on Twitter नेपालगन्ज / क्रियाशिल पत्रकार महिलाहरुकालागि तिन दिने क्षमता अभिबृद्धी तालिम नेपालगन्जमा…



