

प्रहरी महानिरीक्षक कार्कीबाट बुटवलमा सेवा केन्द्र भवन उद्घाटन, २.४१ करोड लागतमा निर्माण
रूपन्देही । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले इलाका प्रहरी कार्यालय बुटवलको परिसरमा नवनिर्मित महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र भवनको बुधबार एक समारोहबीच उद्घाटन गर्नुभएको छ। बेलायत सरकारको सहयोगमा निर्माण सम्पन्न उक्त भवनको कुल लागत २ करोड ४१ लाख ४३ हजार ७ सय ५३ रुपैयाँ १२ पैसा रहेको छ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले सीमित स्रोत–साधनका बाबजुद नागरिकप्रतिको जिम्मेवारी, जनताको सहयोग र विश्वासले नेपाल प्रहरीलाई अझ उत्तरदायी र प्रभावकारी रूपमा काम गर्न प्रेरित गरिरहेको उल्लेख गर्नुभयो। उहाँले नयाँ भवनले विशेषगरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित सेवाहरूलाई थप संवेदनशील, व्यवस्थित र परिणाममुखी बनाउने विश्वास व्यक्त गर्नुभयो।
उहाँले नागरिकमैत्री प्रहरी सेवाको प्रवाहमा जोड दिँदै सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई व्यवहार, बोलीबचन र कार्यशैलीमा सकारात्मक परिवर्तन ल्याउन निर्देशन दिनुभयो। साथै, नयाँ संरचनाले नागरिकलाई सहज, सुरक्षित र पहुँचयोग्य सेवा उपलब्ध गराउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय र रूपन्देहीका प्रमुख जिल्ला अधिकारी माधव प्रसाद पोखरेलले शुभकामना मन्तव्य व्यक्त गर्दै सेवा केन्द्रको स्थापना स्थानीय नागरिकका लागि महत्वपूर्ण उपलब्धि भएको धारणा राख्नुभयो।
लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक भुपेन्द्र बहादुर खत्रीले धन्यवाद ज्ञापन गर्नुभएको कार्यक्रममा UNOPS का अपरेशन कोअर्डिनेटर (अवकाशप्राप्त प्रहरी वरिष्ठ उपरीक्षक) ईन्द्र न्यौपानेले स्वागत मन्तव्य राख्नुभएको थियो। सोही अवसरमा UNOPS का सिनियर इन्जिनियर शिशिर उपाध्यायले भवन निर्माणसम्बन्धी प्राविधिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।
उद्घाटन कार्यक्रममा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, सरकारी कार्यालयका प्रतिनिधिहरू, राजनीतिक दलका सदस्यहरू, संघ–संस्थाका प्रतिनिधिहरू, सञ्चारकर्मी तथा स्थानीयवासीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
नयाँ भवन निर्माणसँगै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक लक्षित प्रहरी सेवामा गुणस्तरीय सुधार आउने अपेक्षा गरिएको छ।
समाज
थप सामाग्री-
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
-
धनगढीमा ४४४ प्रहरीको काज सरुवा बदर, अस्वाभाविक निर्णयमाथि छानबिन हुने
-
क्षतिग्रस्त भवन पुनर्निर्माणमा सहयोग गर्ने दातालाई सम्मान
-
जबर्जस्ती करणी आरोपमा सुशील केसी पक्राउ, अनुसन्धान जारी
-
जावलाखेलमा आज रातो मच्छिन्द्रनाथको भोटो जात्रा सम्पन्न हुँदै
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धी तालिम शुरु
१३ घण्टा अगाडि
2.3kViews 305 Shares Share on Facebook Share on Twitter नेपालगन्ज / क्रियाशिल पत्रकार महिलाहरुकालागि तिन दिने क्षमता अभिबृद्धी तालिम नेपालगन्जमा…



