

धनुषामा सई राणाको ‘राज’ : तस्करीदेखि मुद्दा मिलाउनेसम्म गम्भीर आरोप, प्रहरी मौन
धनुषा । जिल्ला प्रहरी कार्यालय धनुषामातहत प्रहरी चौकी जानकीमा कार्यरत देखाइएका बरिष्ठ सई सागर राणामाथि जिल्लाका विभिन्न स्थानमा तस्करी तथा हुन्डी कारोबारमा संलग्न रही अवैध धन्दा सञ्चालन गरेको गम्भीर आरोप लागेको छ ।सागर राणा प्रहरी चौकी जानकीमै कार्यरत रहेर जिल्लाभर ‘घुमुवा’ को भूमिकामा सक्रिय रहेको र उनलाई हालका एसपी रुगम कुँवरले संरक्षण दिइरहेको बुझिएको छ।
जेनजी आन्दोलन पछि बनेको करिब दुईतिहाईको बालेन सरकारको सुशासनको नारालाई समेत धोती लगाउँदै मधेश प्रदेशको धनुषामा सई राणाको रजगज चल्दै आइरहेको आरोप छ।मकवानपुरबाट ‘मालदार’ ठाउँ खोज्दै धनुषा आएका उदण्ड स्वभावका सागर राणाले केही दिनमै आफ्नै गाउँका वडाध्यक्षलाई गाली–बेइज्जत तथा कुटपिट गरेको आरोप लागेपछि विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशित–प्रसारित भएको थियो ।
उक्त घटनापछि उनीविरुद्ध मुद्दा समेत दर्ता भएको जनाइएको थियो ।मधेसका केही राजनीति दलका नेताहरूका आडमा मधेस प्रदेशका नाकाहरुलाई आर्थिक लाभको गोरेटो बनाउँदै आएका राणाको कालाकर्तुतहरु छरपस्ट हुँदै आएका छन।सोर्तका अनुसार मधेस प्रदेशका रास्वपाका नेता सुशील साह ” कानु” र सई राणा विजनेस पार्टनर समेत हुन ।सोर्तका अनुसार सुशील साह ” कानु” र सई राणा मिलि मधेस प्रदेशको पर्सामा दियालो लर्डस नामको क्यासिनोमा लगानी गर्नुका साथै टेबुल बुक गरि जुवा समेत खेलाउँदै आईरहेको बताइन्छ ।मधेस प्रदेश सोर्तका अनुसार पैसा र पावरको लागि जस्तोसुकै कर्मगर्न पछि नपर्ने सई राणा र नेता सुशील साह “कानु” केही समय पहिले ज्यानमार्ने उध्योगमा फरार रहेका थिए । ज्यानमार्ने उध्योगमा फरार रहेका सई राणाले पर्साको कमाण्ड सम्हाल्न गएका मिश्रा थरको एसपी सँग गठजोड गर्दै पुन: जागिरमा जोडिएको बताइन्छ ।यसैगरी केही महिना अगाडि पर्सा जिल्लामा सशस्त्र प्रहरीले तस्करीको सामान छापा मार्ने क्रममा झडप समेत भएको थियो ।सो झडप पछि उत्पन्न परिस्थिति र तस्करी गर्नेलाई सँरक्षण गर्नेमा यी सई राणा र नेता “कानु” रहेको सोर्तको दावी छ।
यस सम्पूर्ण प्रकरणबारे जिल्ला प्रहरी कार्यालय धनुषाले औपचारिक प्रतिक्रिया नदिएको अवस्थामा प्रहरी संगठनभित्रैबाट सागर राणाको भूमिकाबारे निष्पक्ष छानबिन, संरक्षण आरोपमा मुछिएका जिम्मेवार अधिकारीको जवाफदेहिता र कडा कारबाहीको माग तीव्र बन्दै गएको छ । एसपी कुँवरले तिनै सई राणालाई ‘पुलिस अफ द मन्थ’बाट सम्मानित गरेर प्रहरी संगठनकै साख: गिराएका छन।बरिस्ठ सई राणाको डिउटी जानकी मन्दिर चौकीमा भएपनि चौबीसै घण्टा एसपी रुगम कुँवर सँग कुममाकुम जोड्दै तस्करहरू सँग सेटीङ्ग मिलाउँदै तस्करहरुलाइ लाइन दिन तल्लिन रहेको पाईएको छ।मधेस प्रदेश सोर्तका अनुसार सई राणाले सामाजिक अपराध देखि लागुऔषध कारोबारीहरु सँग मुद्दा मिलाइदिने नाममा ठुलै आर्थिक चलखेल गरिरहेका समेत आरोप छ।सई राणाको यस्ता कर्तुत त कति हो कति लेखि साध्यै छैन। गत महिना धनुषामा भएको सवारी दुर्घटनामा एक महिलाले ज्यान गुमाएकी थिइन ।
एक महिलाको ज्यानै जानेगरी भएको सो दुर्घटनाका सवारी चालक लाइसेन्स बिहिन थिए।लाइसेन्स विना सवारी चलाएर महिलाको ज्यानै लिएका चालकलाई उन्मुक्ति दिँदै सई राणाले ठूलो आर्थिक रकम लुँड्याएर लाइसेन्स भएका चालक खडा गर्दै मुद्दा मिलाएका समेत आरोप छ ।सो प्रकरण सम्बन्धमा मधेस प्रदेश प्रहरी कार्यालयमा छानबिन जारी रहेको बुझिएको छ।मधेस प्रदेश विषेश सोर्तका अनुसार सई राणाले मधेस प्रदेश प्रहरी प्रमुखलाई समेत विवादमा ल्याउने दुस्साहस गर्दै केही सञ्चारमाध्यमलाई आर्थिक नजरनाको लोभ देखाउँदै आफ्नो धन्दालाई तिव्रता दिएका छन।
धनुषा प्रहरी सोर्तका अनुसार सई राणा आफू एआइजी डा.मनोज केसीको निकट भएका कारण मधेस प्रदेशबाट कसैले हल्लाउन नसक्ने बताउँदै हिँडेेका छन।यतिमात्र कहाँ हो र सई राणाको उदण्डता -उनले नेपाल प्रहरी संंगठनको आचारणलाई समेत लत्याउँदै आफ्नो फेसबुक पेजमा ” सागर सरकार ” नाम राख्दै मस्त चुरोट खाएको फोटो समेत हालेका छन।नेपाल सरकारको ऐन नियम अनुसार चुरोट उत्पादन कम्पनीले बाहिर कभरमा नै ७५%भाग हुने गरि धुम्रपान स्वास्थ्यका लागि हानिकारक छ भन्ने उल्लेख गरेको छ।
नेपाल प्रहरी जस्तो संगठनका सई सागर राणाको यस्तो हर्कत कति जायज छ छानबिन स्वयं प्रहरी मुख्यालयले गरोस ।विभिन्न समाचार माध्यमबाट सई राणाको रवैयाको खुलासा भएपछि सुध्रिनु त कहाँ हो कहाँ उल्टै मिडियाकर्मी लाई नछाड्ने सम्मको धम्की दिएका छन।उनले हाम्रो अनलाइन डटकमका रनसुर महतरालाई फोन गर्दै मैले दस पन्ध्र वटा मिडिया पालेको बताएका छन भने जनरक्षाका राम शरण काफ्लेलाई नछाड्ने धम्की दिएका छन ।उनले म्यासेज गर्दै भनेका छन ” तँ राम शरण काफ्लेले जहाँ जहाँ लेखाउनु छ लेखा म जागिर खान्न तर तँलाई छाड्नेवाला छैन।” यसैगरी दोस्रो म्यासेज गर्दै भनेका छन “तेरो बाउले तँलाई न्युज लेखाउन कति पैसा पठायो राम शरण काफ्ले जे जे गर्नुछ गर तर तँलाई छाड्ने वाला छैन।
“पहिले नै ज्यानमार्ने उध्योगमा फरार रहि पछि केश झ्यासमिस पार्नु उनले यस्तो म्यासेज पठाउनुले उनको आचरण बारे प्रष्ट हुन्छ।सई राणाको यस्तो रवैयाको विषयमा प्रहरी मुख्यालय उजुरी शाखाका प्रमुख एसएसपी प्रज्वल महर्जन सँग जिज्ञासा राख्दा आवस्यक कार्वाही गर्ने बताएका छन ।
समाज
थप सामाग्री-
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
-
धनगढीमा ४४४ प्रहरीको काज सरुवा बदर, अस्वाभाविक निर्णयमाथि छानबिन हुने
-
क्षतिग्रस्त भवन पुनर्निर्माणमा सहयोग गर्ने दातालाई सम्मान
-
जबर्जस्ती करणी आरोपमा सुशील केसी पक्राउ, अनुसन्धान जारी
-
जावलाखेलमा आज रातो मच्छिन्द्रनाथको भोटो जात्रा सम्पन्न हुँदै
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धी तालिम शुरु
१३ घण्टा अगाडि
2.3kViews 305 Shares Share on Facebook Share on Twitter नेपालगन्ज / क्रियाशिल पत्रकार महिलाहरुकालागि तिन दिने क्षमता अभिबृद्धी तालिम नेपालगन्जमा…



