

आठ महिनामा व्यापार घाटा ११ प्रतिशतले बढ्यो
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो आठ महिनामा नेपालको वैदेशिक व्यापार घाटा ११.२ प्रतिशतले वृद्धि भई १० खर्ब ९८ अर्ब १४ करोड रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको फागुन मसान्तसम्मको तथ्याङ्क अनुसार अघिल्लो वर्षको सोही अवधिमा ६.२ प्रतिशतले बढेको व्यापार घाटा यस वर्ष झन् तीव्र बनेको हो ।
समीक्षा अवधिमा निर्यात र आयात दुवै बढे पनि आयातको आकार ठूलो हुँदा व्यापार असन्तुलन चुलिएको देखिएको छ । चालु आर्थिक वर्षको आठ महिनामा कुल वस्तु निर्यात २०.८ प्रतिशतले वृद्धि भई १ खर्ब ९१ अर्ब ११ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो निर्यात ५७.२ प्रतिशतको उच्च दरले बढेको थियो ।
गन्तव्यका आधारमा भारततर्फको निर्यात २५.३ प्रतिशत र अन्य मुलुकतर्फ ७.८ प्रतिशतले बढेको छ भने छिमेकी मुलुक चीनतर्फको निर्यातमा ५३.७ प्रतिशतको ठूलो गिरावट आएको छ । वस्तुगत आधारमा भटमासको तेल, अलैंची, पाम तेल र चाउचाउ लगायतका वस्तुको निर्यात बढेको छ भने चिया, ऊनी गलैंचा र हस्तकलाका सामानको निर्यात घटेको छ ।यता वस्तु आयाततर्फ भने १२.५ प्रतिशतले वृद्धि भई १२ खर्ब ८९ अर्ब २५ करोड रुपैयाँ पुगेको छ । वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट ५.१ प्रतिशत, चीनबाट २१.२ प्रतिशत र अन्य मुलुकबाट २६ प्रतिशतले आयात बढेको छ । विशेष गरी भटमासको कच्चा तेल, रासायनिक मल, चाँदी, यातायातका उपकरण र दूरसञ्चारका सामग्रीको आयात बढेको तथ्याङ्कले देखाएको छ । खाने तेल, लसुन र दाल जस्ता वस्तुको आयातमा भने केही कमी आएको छ ।व्यापारको समग्र अवस्था हेर्दा निर्यात-आयात अनुपातमा सामान्य सुधार देखिएको छ । अघिल्लो वर्ष १३.८ प्रतिशत रहेको यस्तो अनुपात यस वर्ष १४.८ प्रतिशत पुगेको छ । यसैगरी भारतबाट परिवर्त्य विदेशी मुद्रा भुक्तानी गरी १ खर्ब २० अर्ब ४१ करोड बराबरको वस्तु आयात भएको छ, जुन अघिल्लो वर्ष १ खर्ब १९ अर्ब ४९ करोड बराबरको थियो ।
समाज
थप सामाग्री-
बलात्कार आरोपपछि कलाकार सागर लम्साल ‘बले’ चलचित्र ‘पाँच पाण्डव’बाट निष्कासित
-
कोशी प्रदेश प्रहरी प्रमुख विनोद घिमिरेद्वारा इलाका प्रहरी कार्यालय धरान निरीक्षण
-
आज चैत २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल
-
सरकारी सूचनामा एकाधिकारको प्रयास : प्रेस स्वतन्त्रतामाथि गम्भीर हस्तक्षेप
-
सरकारी विज्ञापन ‘ब्ल्याकआउट’: प्रेसमाथि आर्थिक नाकाबन्दीको खतरनाक संकेत
पत्रकार काफ्लेलाई धम्की प्रकरणः महासंघको कडा आपत्ति, कारबाहीको माग
२१ घण्टा अगाडि
2.4kViews 373 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिले जनरक्षा डटकमका सम्पादक…



