

सरकारी सञ्चारमाध्यममै मात्र सार्वजनिक खरिद सूचना प्रकाशन गर्न निर्देशन
काठमाडौँ — सरकारले सार्वजनिक खरिदसम्बन्धी सूचना अब सरकारी सञ्चारमाध्यममार्फत मात्रै प्रकाशन तथा प्रसारण गर्न कडाइ गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बुधबार संघ, प्रदेश र स्थानीय तहका सबै निकायलाई परिपत्र जारी गर्दै यस्तो व्यवस्था लागू गर्न निर्देशन दिएको हो। परिपत्र प्रशासन शाखामार्फत जारी गरिएको हो र यसका लागि सचिवस्तरीय निर्णय भएको उल्लेख गरिएको छ।
सरकारले सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्ने, विज्ञापन तथा सूचना प्रकाशनमा एकरूपता र पारदर्शिता सुनिश्चित गर्ने तथा सरकारी स्वामित्वका सञ्चारमाध्यमको प्रवर्द्धन गर्ने उद्देश्यले यस्तो कदम चालिएको जनाएको छ।
परिपत्रअनुसार अब सार्वजनिक निकायहरूले सार्वजनिक खरिदलगायतका सबै प्रकारका सूचना गोरखापत्र संस्थान, रेडियो नेपाल र नेपाल टेलिभिजन जस्ता सरकारी तथा सरकारी स्वामित्वका सञ्चारमाध्यममा मात्र प्रकाशन तथा प्रसारण गर्नुपर्नेछ।
यसैगरी, यस्ता सूचना प्रकाशन तथा प्रसारणबापतको भुक्तानी सरकारी वा सार्वजनिक कोषबाट सिधै सम्बन्धित सञ्चार संस्थाको खातामा जम्मा गर्नुपर्ने व्यवस्था गरिएको छ। भुक्तानी गर्दा दररेट र छुटसम्बन्धी विवरण सम्बन्धित सञ्चारमाध्यमबाट आधिकारिक रूपमा स्वीकृत भएको हुनुपर्ने पनि परिपत्रमा स्पष्ट गरिएको छ।
सरकारको यो निर्णयले सार्वजनिक खर्च नियन्त्रणसँगै सरकारी सञ्चारमाध्यमको सुदृढीकरणमा टेवा पुग्ने अपेक्षा गरिएको छ।
समाज
थप सामाग्री-
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
-
धनगढीमा ४४४ प्रहरीको काज सरुवा बदर, अस्वाभाविक निर्णयमाथि छानबिन हुने
-
क्षतिग्रस्त भवन पुनर्निर्माणमा सहयोग गर्ने दातालाई सम्मान
-
जबर्जस्ती करणी आरोपमा सुशील केसी पक्राउ, अनुसन्धान जारी
-
जावलाखेलमा आज रातो मच्छिन्द्रनाथको भोटो जात्रा सम्पन्न हुँदै
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धी तालिम शुरु
१३ घण्टा अगाडि
2.3kViews 305 Shares Share on Facebook Share on Twitter नेपालगन्ज / क्रियाशिल पत्रकार महिलाहरुकालागि तिन दिने क्षमता अभिबृद्धी तालिम नेपालगन्जमा…



