

बलात्कार आरोपपछि कलाकार सागर लम्साल ‘बले’ चलचित्र ‘पाँच पाण्डव’बाट निष्कासित
काठमाडौं । कलाकार सागर लम्साल ‘बले’ चलचित्र पाँच पाण्डवबाट निष्कासित भएका छन्। उनीमाथि एक युवतीलाई बलात्कार गरेको गम्भीर आरोप लागेपछि निर्माण कम्पनी कालीरानी फिल्मस प्रालिले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै उनलाई फिल्मबाट हटाएको हो।
अमेरिकामा बस्दै आएकी एक युवतीले सामाजिक सञ्जालमार्फत लम्सालले करिब एक वर्षअघि आफूलाई बलात्कार गरेको आरोप सार्वजनिक गरेकी थिइन्। उक्त आरोप सार्वजनिक भएसँगै फिल्म युनिटले आपतकालीन बैठक बोलाएर नैतिकताको आधारमा उनलाई परियोजनाबाट अलग गर्ने निर्णय गरेको कालीरानी फिल्मसका नबिन श्रेष्ठले जानकारी दिएका छन्।
फिल्म पाँच पाण्डवको निर्माण टोलीले घटनाको सत्यतथ्य छानबिन गर्न सम्बन्धित निकायसँग माग समेत गरेको छ। “चैत २ गतेदेखि झापा आसपासमा छायांकन भइरहेको फिल्ममा लम्सालका करिब ९० प्रतिशत दृश्य खिचिसकिएको थियो। तर अब उनी संलग्न कुनै पनि दृश्य चलचित्रमा समावेश गरिने छैन,” विज्ञप्तिमा उल्लेख गरिएको छ।
निर्माण पक्षले नेपाली चलचित्र क्षेत्र, समाजका प्रबुद्ध वर्ग तथा दर्शकसमक्ष आफूहरूको निर्णय स्पष्ट पार्दै यस घटनालाई गम्भीरतापूर्वक लिएको जनाएको छ।
समाज
थप सामाग्री-
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
-
धनगढीमा ४४४ प्रहरीको काज सरुवा बदर, अस्वाभाविक निर्णयमाथि छानबिन हुने
-
क्षतिग्रस्त भवन पुनर्निर्माणमा सहयोग गर्ने दातालाई सम्मान
-
जबर्जस्ती करणी आरोपमा सुशील केसी पक्राउ, अनुसन्धान जारी
-
जावलाखेलमा आज रातो मच्छिन्द्रनाथको भोटो जात्रा सम्पन्न हुँदै
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धी तालिम शुरु
१३ घण्टा अगाडि
2.3kViews 305 Shares Share on Facebook Share on Twitter नेपालगन्ज / क्रियाशिल पत्रकार महिलाहरुकालागि तिन दिने क्षमता अभिबृद्धी तालिम नेपालगन्जमा…



