

विदेशमा समस्यामा परेका नेपालीका लागि २४सै घण्टा ‘इमर्जेन्सी कन्ट्रोल रुम’ सक्रिय
काठमाडौँ । परराष्ट्र मन्त्रालयले विदेशमा रहेका नेपाली नागरिकहरूको समस्या समाधानका लागि ‘इमर्जेन्सी कन्ट्रोल रुम’ २४सै घण्टा सञ्चालनमा रहेको जनाएको छ। शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले कन्ट्रोल रुम सक्रिय रूपमा काम गरिरहेको जानकारी दिएका हुन्।
उनका अनुसार हालसम्म कन्ट्रोल रुममा ८० वटा फोन कलसहित कुल २०० पटक सम्पर्क भइसकेको छ। विदेशमा रहेका नेपालीहरूको अवस्था बुझ्न र सहयोग समन्वय गर्न यो सेवा प्रभावकारी बनेको मन्त्रालयको दाबी छ।
विदेशस्थित नेपालीहरूको विवरण सङ्कलनलाई प्राथमिकता दिँदै कन्सुलर सेवा विभागले सञ्चालनमा ल्याएको अनलाइन दर्ता प्रणालीमा हालसम्म ८६ हजार ४२० जनाले नाम दर्ता गराइसकेका छन्। पछिल्लो समय आफू असुरक्षित भएको भन्दै सम्पर्क गर्नेको संख्या भने घट्दो क्रममा रहेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार विदेशस्थित १० वटै नेपाली नियोगमा हटलाइन सेवा सञ्चालनमा छ। ती नियोगमार्फत समस्यामा परेका नेपालीहरूको विवरण सङ्कलन तथा आवश्यक समन्वय कार्य भइरहेको छ। साथै, ९ वटा नियोगमा ‘र्यापिड रेस्पोन्स टिम’ गठन गरी सक्रिय रूपमा परिचालन गरिएको छ।
सम्पर्क गर्ने सेवाग्राहीहरूले मुख्यतः चार विषयमा चासो व्यक्त गर्ने गरेका छन्—कुवेतमा उडानको अवस्था, नेपाल फर्किने समय, श्रम स्वीकृतिसम्बन्धी जिज्ञासा तथा अन्य विविध समस्या। ‘ट्रान्जिट’ मा अलपत्र परेका नेपालीहरूको व्यवस्थापन भइसकेको पनि मन्त्रालयले स्पष्ट पारेको छ।
प्रवक्ता क्षेत्रीका अनुसार कुवेतमा रहेका दुई नेपालीले साउदी भिसा प्राप्त गरे पनि स्वेच्छाले कुवेतमै बस्ने निर्णय गरेका छन्।
यसैबीच, विभिन्न कारणले मृत्यु भएका नेपाली नागरिकहरूको शव स्वदेश ल्याउने कार्यलाई मन्त्रालयले उच्च प्राथमिकतामा राखेको छ। हाल ओमान, अबुधाबी, दुबई, रियाद, कतार र बहराइनलगायत देशमा ३८ जना नेपालीको शव नेपाल ल्याउन बाँकी रहेको छ।
मन्त्रालयका अनुसार चैत १८ गते कुवेत एयरलाइन्समार्फत ९ वटा शव नेपाल ल्याइसकिएको छ भने बाँकी शवहरू स्वदेश ल्याउने प्रक्रिया तीव्र रूपमा अगाडि बढाइएको छ।
समाज
थप सामाग्री-
बलात्कार आरोपपछि कलाकार सागर लम्साल ‘बले’ चलचित्र ‘पाँच पाण्डव’बाट निष्कासित
-
कोशी प्रदेश प्रहरी प्रमुख विनोद घिमिरेद्वारा इलाका प्रहरी कार्यालय धरान निरीक्षण
-
आज चैत २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल
-
सरकारी सूचनामा एकाधिकारको प्रयास : प्रेस स्वतन्त्रतामाथि गम्भीर हस्तक्षेप
-
सरकारी विज्ञापन ‘ब्ल्याकआउट’: प्रेसमाथि आर्थिक नाकाबन्दीको खतरनाक संकेत
पत्रकार काफ्लेलाई धम्की प्रकरणः महासंघको कडा आपत्ति, कारबाहीको माग
१२ घण्टा अगाडि
2.1kViews 373 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिले जनरक्षा डटकमका सम्पादक…



