

‘म आइजीपीको मान्छे हुँ’ भन्दै ठगी गर्नेहरू मेरा होइनन् : आईजीपी दानबहादुर कार्की
काठमाडौँ ।नेपाल प्रहरीका आइजिपी दानबहादुर कार्कीले आफ्नो नाम दुरुपयोग गरेर ठगी गर्ने बिचौलियाप्रति कडा चेतावनी दिएका छन्।
एक सार्वजनिक कार्यक्रममा बोल्दै प्रहरी महानिरीक्षक कार्कीले आफूलाई नजिकको व्यक्ति भनेर चिनाउने, सँगै फोटो खिचाउने र त्यसैको आधारमा सर्वसाधारणलाई झुक्याउने व्यक्तिहरू आफ्नो मान्छे हुनै नसक्ने स्पष्ट पारे। “मसँग भेटेर कुम जोडेर फोटो खिचाउँदै ‘म आइजीपीको मान्छे हुँ’ भन्ने र जनतालाई ठग्नेहरूबाट होसियार रहनुहोस्,” उनले भने।
उनका अनुसार यस्ता बिचौलियाहरूले उच्च पदस्थ प्रहरी अधिकारीहरूसँगको पहुँच देखाएर विभिन्न किसिमका प्रलोभन दिने, मुद्दा मिलाइदिने बहाना गर्ने तथा प्रहरीमा जागिर लगाइदिने नाममा सर्वसाधारणलाई ठगी गर्ने प्रवृत्ति बढ्दो छ।
आईजीपी कार्कीले नेपाल प्रहरीले यस्ता गतिविधिविरुद्ध कडा निगरानी गरिरहेको जानकारी दिँदै कसैले आफ्नो वा अन्य अधिकारीको नाम बेचेर धम्क्याए वा प्रलोभन देखाएमा तुरुन्तै नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा सम्पर्क गर्न आग्रह गरे।
प्रहरी प्रमुखको यो चेतावनीले बिचौलियाको जालोमा परेर ठगिने घटनाप्रति सचेत रहन नागरिकलाई महत्वपूर्ण सन्देश दिएको छ।
समाज
थप सामाग्री-
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
-
धनगढीमा ४४४ प्रहरीको काज सरुवा बदर, अस्वाभाविक निर्णयमाथि छानबिन हुने
-
क्षतिग्रस्त भवन पुनर्निर्माणमा सहयोग गर्ने दातालाई सम्मान
-
जबर्जस्ती करणी आरोपमा सुशील केसी पक्राउ, अनुसन्धान जारी
-
जावलाखेलमा आज रातो मच्छिन्द्रनाथको भोटो जात्रा सम्पन्न हुँदै
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धी तालिम शुरु
१३ घण्टा अगाडि
2.3kViews 305 Shares Share on Facebook Share on Twitter नेपालगन्ज / क्रियाशिल पत्रकार महिलाहरुकालागि तिन दिने क्षमता अभिबृद्धी तालिम नेपालगन्जमा…



