

काठमाडौंमा प्रहरीको कडा एक्सन : गुण्डागर्दीविरुद्ध अपरेसन, १७ जना पक्राउ
काठमाडौं । राजधानीमा बढ्दो गुण्डागर्दी नियन्त्रण गर्न प्रहरीले कडा कदम चालेको छ। गएराति सञ्चालन गरिएको विशेष अपरेसनमा प्रहरीले विभिन्न स्थानबाट १७ जना गुण्डागर्दीमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरेको छ।
उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको विशेष टोलीले १३ जनालाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार ठमेल, दरबारमार्ग र सामाखुसी क्षेत्रबाट उनीहरूलाई पक्राउ गरिएको हो। उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार पक्राउ परेकामध्ये धेरैजसो ‘काभ्रेली समूह’सँग आबद्ध छन्।
पक्राउ पर्नेमा काभ्रेली समूहका सञ्जि लामा, सिन्धुपाल्चोक घर भएका अशोक गिरी तथा सुरेश गुरुङ ‘किमजोङ’ लगायत रहेका छन्। सुरेश गुरुङ चर्चित गुण्डा नाइके श्याम लामा समूहका सदस्य भएको प्रहरीले जनाएको छ। यद्यपि, उक्त समूहका मुख्य नाइके श्याम लामा भने अझै फरार रहेका छन्।
यसैगरी जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले थप ४ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले राजधानीमा आपराधिक गतिविधि नियन्त्रण गर्न यस्ता अपरेसनलाई अझ सशक्त बनाउने संकेत दिएको छ।
समाज
थप सामाग्री-
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
-
धनगढीमा ४४४ प्रहरीको काज सरुवा बदर, अस्वाभाविक निर्णयमाथि छानबिन हुने
-
क्षतिग्रस्त भवन पुनर्निर्माणमा सहयोग गर्ने दातालाई सम्मान
-
जबर्जस्ती करणी आरोपमा सुशील केसी पक्राउ, अनुसन्धान जारी
-
जावलाखेलमा आज रातो मच्छिन्द्रनाथको भोटो जात्रा सम्पन्न हुँदै
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धी तालिम शुरु
१३ घण्टा अगाडि
2.3kViews 305 Shares Share on Facebook Share on Twitter नेपालगन्ज / क्रियाशिल पत्रकार महिलाहरुकालागि तिन दिने क्षमता अभिबृद्धी तालिम नेपालगन्जमा…



