

अमिशामाथि साइबर हिंसा गर्ने एकजना रौतहटबाट पक्राउ
रौतहट। अमिशा पराजुलीले दिएको उजुरीका आधारमा केन्द्रीय साइबर ब्यूरोले रौतहटबाट एक जनालाई पक्राउ गरेको छ।
अमिशामाथि सामाजिक सञ्जालमार्फत गरिएको साइबर बुलिङ प्रकरणमा रौतहटको गुजरा क्षेत्रबाट अभिषेक चौधरीलाई शनिबार बिहान नियन्त्रणमा लिइएको हो।
पक्राउ परेका चौधरीलाई थप अनुसन्धानका लागि काठमाडौंस्थित ब्यूरो कार्यालयमा ल्याउने तयारी भइरहेको छ।
नेकपा एमालको अध्यक्ष केपी शर्मा ओली पक्राउबारे पराजुलीले सार्वजनिक रूपमा आफ्नो अभिव्यक्ति दिएपछि सामाजिक सञ्जालमा उनलाई लक्षित गरी विभिन्न नकारात्मक टिप्पणी आएका थिए ।
त्यसपछि अमिशा आफुमाथि साइबर बुलिङ गरिएको भन्दै प्रमाणसहित साइबर ब्यूरोमा उजुरी दर्ता गराएकी थिइन्।
प्रहरीका अनुसार घटनाबारे विस्तृत अनुसन्धान भइरहेको छ। आवश्यक प्रमाण संकलन गरी प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने जनाइएको छ ।
समाज
थप सामाग्री-
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
-
धनगढीमा ४४४ प्रहरीको काज सरुवा बदर, अस्वाभाविक निर्णयमाथि छानबिन हुने
-
क्षतिग्रस्त भवन पुनर्निर्माणमा सहयोग गर्ने दातालाई सम्मान
-
जबर्जस्ती करणी आरोपमा सुशील केसी पक्राउ, अनुसन्धान जारी
-
जावलाखेलमा आज रातो मच्छिन्द्रनाथको भोटो जात्रा सम्पन्न हुँदै
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धी तालिम शुरु
१३ घण्टा अगाडि
2.3kViews 305 Shares Share on Facebook Share on Twitter नेपालगन्ज / क्रियाशिल पत्रकार महिलाहरुकालागि तिन दिने क्षमता अभिबृद्धी तालिम नेपालगन्जमा…



