

सम्पत्ति शुद्धीकरण मुद्दामा दीपक खड्कालाई थप ७ दिन म्याद, ओली–लेखकमाथि सुनुवाइ जारी
काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता दीपक खड्कामाथि अनुसन्धानका लागि थप ७ दिनको म्याद दिइएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश जगत पौडेलको इजलासले आइतबार पुनः म्याद थप गर्ने आदेश दिएको हो ।
सम्पत्ति शुद्धीकरण विभागको सिफारिसका आधारमा प्रहरीले खड्कालाई गत चैत १५ गते पक्राउ गरेको थियो । यसअघि पनि उनीमाथि अनुसन्धानका लागि म्याद थप भइसकेको थियो ।
यसैबीच, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकविरुद्धको मुद्दामा तेस्रोपटक म्याद थपका लागि अदालतमा सुनुवाइ भइरहेको छ । लेखकलाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ भने उपचाररत् ओलीलाई भर्चुअल माध्यमबाट इजलासमा उपस्थित गराइएको छ ।
‘जेनजी आन्दोलन’मा दमन गरेको आरोपमा गत शनिबार पक्राउ परेका ओली र लेखकलाई यसअघि ५ र २ दिन गरी ७ दिनको म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान भइरहेको थियो ।
प्रहरीले उच्चस्तरीय राजनीतिक व्यक्तित्वहरू संलग्न रहेका यी घटनामा थप प्रमाण संकलन तथा अनुसन्धान प्रक्रिया अघि बढाइरहेको जनाएको छ ।
समाज
थप सामाग्री-
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
-
धनगढीमा ४४४ प्रहरीको काज सरुवा बदर, अस्वाभाविक निर्णयमाथि छानबिन हुने
-
क्षतिग्रस्त भवन पुनर्निर्माणमा सहयोग गर्ने दातालाई सम्मान
-
जबर्जस्ती करणी आरोपमा सुशील केसी पक्राउ, अनुसन्धान जारी
-
जावलाखेलमा आज रातो मच्छिन्द्रनाथको भोटो जात्रा सम्पन्न हुँदै
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धी तालिम शुरु
१२ घण्टा अगाडि
2.3kViews 305 Shares Share on Facebook Share on Twitter नेपालगन्ज / क्रियाशिल पत्रकार महिलाहरुकालागि तिन दिने क्षमता अभिबृद्धी तालिम नेपालगन्जमा…



