

सम्पत्ति शुद्धीकरण मुद्दा: सुलभ अग्रवाल ५ दिन हिरासतमा
काठमाडौं । शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवालमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान गर्न अदालतले पाँच दिनको म्याद थप गरेको छ।
आइतबार बिहान पक्राउ परेका अग्रवाललाई अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौं ले पाँच दिन हिरासतमा राख्न अनुमति दिएको हो। उनीविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग मा विस्तृत अनुसन्धान भइरहेको छ।
यसअघि शुक्रबार नै उनका बुबा तथा शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाललाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो। प्रारम्भिक बयानपछि भने उनलाई छोडिएको जनाइएको छ।
प्रहरी स्रोतका अनुसार व्यवसायिक साझेदार दीपक भट्ट पक्राउ परेसँगै फरार रहेका सुलभ, बुबा शंकरलाई नियन्त्रणमा लिएपछि सम्पर्कमा आएका थिए। त्यसपछि प्रहरीले उनलाई हिरासतमा लिएको हो।
शंकर ग्रुप अन्तर्गतको मुख्य कम्पनी जगदम्बा स्टिल हो। उक्त समूहले स्टिल, सिमेन्ट, जलविद्युत् तथा उपभोक्ता वस्तु लगायत विविध क्षेत्रमा लगानी गर्दै आएको छ।
अनुसन्धानका क्रममा शंकर ग्रुप र भट्टका कम्पनीबीच करिब ४५ करोड रुपैयाँ बराबरको अवैध कारोबार भएको पुष्टि भएको स्रोतले जनाएको छ। अहिले उक्त आर्थिक कारोबारको स्रोत र प्रकृतिबारे गहिरो अनुसन्धान जारी रहेको छ।
समाज
थप सामाग्री-
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
-
धनगढीमा ४४४ प्रहरीको काज सरुवा बदर, अस्वाभाविक निर्णयमाथि छानबिन हुने
-
क्षतिग्रस्त भवन पुनर्निर्माणमा सहयोग गर्ने दातालाई सम्मान
-
जबर्जस्ती करणी आरोपमा सुशील केसी पक्राउ, अनुसन्धान जारी
-
जावलाखेलमा आज रातो मच्छिन्द्रनाथको भोटो जात्रा सम्पन्न हुँदै
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धी तालिम शुरु
१२ घण्टा अगाडि
2.3kViews 305 Shares Share on Facebook Share on Twitter नेपालगन्ज / क्रियाशिल पत्रकार महिलाहरुकालागि तिन दिने क्षमता अभिबृद्धी तालिम नेपालगन्जमा…



