कीर्तिपुरमा मोटरसाइकलबाट पेट्रोल चोरी गर्दै गर्दा ४ जना पक्राउ, नगदसहित विभिन्न सामान बरामद

काठमाडौं । नगरपालिका–९ स्थित एक घरमा पार्किङ गरिएको मोटरसाइकलबाट पेट्रोल चोरी गरिरहेको अवस्थामा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ।

मिति २०८२ चैत २२ गते राति करिब १:३० बजेतिर बा. २९ प २४२ नम्बरको मोटरसाइकलबाट पेट्रोल निकाल्दै गरेका व्यक्तिहरूलाई अन्तर्गत प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा जिल्ला बर्दिया, गुलरिया नगरपालिका–५ घर भई हाल कीर्तिपुर–९ टुसाल बस्ने २१ वर्षीय समिर बि.क., सोही स्थानका २३ वर्षीय सुवाश बि.क., नुवाकोट बेलकोटगढी नगरपालिका–७ घर भई हाल तारकेश्वर–७ बस्ने २८ वर्षीय रमेश सदाशंकर तथा बर्दिया बाँसगढी नगरपालिका–७ घर भई हाल काठमाडौं बस्दै आएका २३ वर्षीय सन्देश श्रीपाली रहेका छन्।

प्रहरीका अनुसार मुख्य आरोपी समिर बि.क. बस्ने कोठामा खानतलासी गर्दा नगदसहित विभिन्न शंकास्पद तथा चोरीका सामानहरू बरामद गरिएको छ। बरामद सामग्रीमा रु. ५६ हजार नगद, तामाजस्तो धातुबाट बनेका ४० थान मूर्ति, १५ बन्डल चुरोट, १० थान मोबाइल (६ स्मार्टफोन र ४ किप्याड), सुन तथा चाँदीजस्ता देखिने गरगहना, २ वटा मोटरसाइकल र १० थान हेलमेट रहेका छन्।

प्रहरीले पक्राउ परेका सबैलाई नियन्त्रणमा राखी घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।

Facebook Comments Box
TOP
119 Shares