जडिबुटीमा अज्ञात सवारीको ठक्करबाट १९ वर्षीय युवकको मृत्यु, चालक फरार

काठमाडौं । काठमाडौं महानगरपालिका–३२ जडिबुटी क्षेत्रमा अज्ञात सवारीसाधनको ठक्करबाट एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा दोलखा, भिमेश्वर नगरपालिका–१ का १९ वर्षीय बिराज थामी रहेका छन्।

प्रहरीका अनुसार गएराति करिब साढे ११ बजेतिर जडिबुटीबाट पेप्सीकोला तर्फ जाने सडकमा थामी गम्भीर घाइते अवस्थामा फेला परेका थिए। तत्काल उद्धार गरी उनलाई भक्तपुरस्थित इन्टरनेशनल अस्पताल पुर्‍याइएको थियो। तर उपचारकै क्रममा राति नै उनको मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

दुर्घटनामा थामीको टाउकोमा गम्भीर चोट लागेको बताइएको छ। ठक्कर दिने सवारीसाधनको हालसम्म पहिचान खुल्न नसकेको र संलग्न सवारी तथा चालकको खोजी कार्य तीव्र बनाइएको प्रहरीले जनाएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।

Facebook Comments Box
TOP
434 Shares