

सुदन किराती प्रलोपाबाट राजीनामा, कुलिङ पिरियडमा रहेर भविष्यको राजनीतिक दिशा तय गर्ने
काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को अध्यक्ष परिषद् सदस्य पदबाट राजीनामा दिएका पूर्वमन्त्री सुदन किरातीले आफू अहिले ‘कुलिङ पिरियड’मा रहेको बताएका छन्। पार्टी त्यागेसँगै उनको आगामी राजनीतिक यात्राबारे विभिन्न अड्कलबाजी भइरहेका बेला किरातीले तत्काल कुनै दलमा आवद्ध हुने निर्णय नभएको स्पष्ट पारेका हुन्।
हालैका दिनमा किराती श्रम संस्कृति पार्टीमा प्रवेश गर्ने चर्चा तीव्र बनेको छ। यस विषयमा प्रतिक्रिया दिँदै उनले उक्त पार्टीका अध्यक्ष हर्कराज राईसँग छलफल भएको स्वीकार गरे पनि औपचारिक निर्णय भने अझै नभइसकेको बताए।
“प्रलोपाबाट राजीनामा दिएपछि म अहिले कुलिङ पिरियडमा छु। कुनै दलमा आवद्ध हुने निर्णय भइसकेको छैन। यद्यपि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईसँग छलफल भएको भने हो,” किरातीले भने।
उनले अन्ततः श्रम संस्कृति पार्टीमार्फत राजनीतिक गतिविधि अघि बढाउने सम्भावना बलियो रहेको संकेत दिएका छन्। तथापि, उनले अहिलेका लागि आफू विचार र विश्रामको चरणमा रहेको जनाउँदै छिट्टै स्पष्ट निर्णय सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।
किरातीको यो कदमले समकालीन नेपाली राजनीतिमा नयाँ समीकरण बन्ने संकेत समेत दिएको विश्लेषण गरिएको छ।
समाज
थप सामाग्री-
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
-
धनगढीमा ४४४ प्रहरीको काज सरुवा बदर, अस्वाभाविक निर्णयमाथि छानबिन हुने
-
क्षतिग्रस्त भवन पुनर्निर्माणमा सहयोग गर्ने दातालाई सम्मान
-
जबर्जस्ती करणी आरोपमा सुशील केसी पक्राउ, अनुसन्धान जारी
-
जावलाखेलमा आज रातो मच्छिन्द्रनाथको भोटो जात्रा सम्पन्न हुँदै
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धी तालिम शुरु
११ घण्टा अगाडि
2.2kViews 305 Shares Share on Facebook Share on Twitter नेपालगन्ज / क्रियाशिल पत्रकार महिलाहरुकालागि तिन दिने क्षमता अभिबृद्धी तालिम नेपालगन्जमा…



