

आईजीपी दानबहादुर कार्कीद्वारा नागरिक केन्द्रित प्रहरी सेवा सुनिश्चित गर्न कडा निर्देशन
काठमाडौँ – प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले नागरिकको अपेक्षा अनुरूप पारदर्शी, निष्पक्ष र प्रभावकारी सेवा प्रवाहलाई उच्च प्राथमिकतामा राख्दै देशभरका प्रहरी कर्मचारीहरूलाई कडा निर्देशन दिएका छन्।
बुधबार नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यममार्फत आयोजित कार्यक्रममा उनले प्रत्येक प्रहरी युनिटलाई नागरिकलाई केन्द्रबिन्दुमा राखेर समस्या र गुनासोको उचित समाधान सुनिश्चित गर्न जोड दिएका हुन्। आईजीपी कार्कीले सेवाग्राहीलाई प्रलोभनमा पार्ने वा काम छिटो गरिदिने बहानामा सक्रिय हुने बिचौलियाहरूलाई तत्काल कानुनी दायरामा ल्याउन निर्देशन दिँदै, बिचौलिया रहित, कानुनसम्मत र छिटोछरितो सेवा प्रवाह प्रहरीको मुख्य जिम्मेवारी हुनुपर्ने बताए।
उनले प्रहरी कार्यालयहरूमा नागरिक सहजकर्ताको व्यवस्था गरी सेवाको प्रगति विवरण एसएमएसमार्फत सेवाग्राहीलाई उपलब्ध गराउने व्यवस्था मिलाउन पनि निर्देशन दिएका छन्। शून्य सहनशीलताको नीति अपनाउँदै निष्पक्ष र गुनासो रहित सेवा प्रदान गर्न सबै प्रहरी कर्मचारी कटिबद्ध हुनुपर्नेमा उनले विशेष जोड दिएका छन्।
अपराध अनुसन्धानको क्षेत्रमा वस्तुनिष्ठता र पारदर्शिता कायम गर्न, सीमा नाकामा हुने आपराधिक गतिविधि, गुण्डागर्दी, तस्करी तथा प्राकृतिक स्रोतको दोहन नियन्त्रणमा कडा भूमिका निर्वाह गर्न समेत आईजीपी कार्कीले निर्देशन दिएका छन्।
सवारी दुर्घटना न्यूनीकरणका लागि सरोकारवाला निकायसँग समन्वय गरी सचेतनामूलक कार्यक्रमहरू तीव्र पार्न उनले आग्रह गरे। कार्यक्रममा अपराध अनुसन्धान विभागका प्रमुख एआईजी सुशील सिंह राठौर र कार्य विभागका प्रमुख एआईजी उमा प्रसाद चतुर्वेदीले पनि समसामयिक विषयमा निर्देशन दिएका थिए। भर्चुअल बैठकमा ७ वटै प्रदेशका प्रहरी प्रमुखहरू, जिल्ला प्रहरी प्रमुखहरू र मुद्दा चल्ने इकाइका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
आईजीपी कार्कीको यो निर्देशनले प्रहरी सेवामा पारदर्शिता, दक्षता र नागरिक केन्द्रितता सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।
समाज
थप सामाग्री-
एआइजी ईश्वर कार्की र कलाकार दुर्गेश थापाद्वारा बुढानीलकण्ठमा नवनिर्मित दुर्गा मन्दिर उद्घाटन
-
ओली र लेखक सशर्त रिहा, सर्वोच्चको आदेशपछि थुनामुक्त
-
ललितपुरको पाटनमा छुरा प्रहारबाट दुई दाजुभाइको मृत्यु, दुई जना पक्राउ
-
आज चैत २६ गते बिहिबार,यस्तो छ तपाईको राशिफल
-
आईजीपी दानबहादुर कार्कीद्वारा नागरिक केन्द्रित प्रहरी सेवा सुनिश्चित गर्न कडा निर्देशन
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव, पश्चिम नेपालबाट वर्षा सुरु
१ दिन अगाडि
3.6kViews 103 Shares Share on Facebook Share on Twitter काठमाडौँ – पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण पश्चिम…



