

एआइजी ईश्वर कार्की र कलाकार दुर्गेश थापाद्वारा बुढानीलकण्ठमा नवनिर्मित दुर्गा मन्दिर उद्घाटन
काठमाडौँ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख को प्रमुख आतिथ्यमा प्रहरी प्रभाग बुढानीलकण्ठ परिसरमा नवनिर्मित दुर्गा मन्दिरको भव्य रूपमा उद्घाटन सम्पन्न भएको छ। कार्यक्रममा चर्चित कलाकार को विशेष उपस्थिति रहेको थियो।
उद्घाटन समारोहमा बोल्दै एआइजी कार्कीले धार्मिक तथा सांस्कृतिक संरचनाले समाजमा सकारात्मक ऊर्जा, नैतिकता र एकताको भावना अभिवृद्धि गर्ने बताए। उनले प्रहरी संगठन केवल सुरक्षा प्रवाहमा सीमित नरही सामाजिक तथा सांस्कृतिक गतिविधिमा पनि सक्रिय रहँदै आएको उल्लेख गरे।
कलाकार दुर्गेश थापाले मन्दिर निर्माणले स्थानीय समुदायमा आस्था र सद्भाव बढाउने विश्वास व्यक्त गर्दै यस्ता पहलहरूलाई निरन्तरता दिनुपर्ने धारणा राखे। कार्यक्रममा स्थानीयवासी, प्रहरी कर्मचारी तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
नवनिर्मित दुर्गा मन्दिर धार्मिक आस्थाको केन्द्रका रूपमा विकास हुने अपेक्षा गरिएको छ। यसले प्रहरी–समुदाय सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास गरिएको छ।
समाज
थप सामाग्री
आईजीपी दानबहादुर कार्कीको नेतृत्वमा पुनर्जागृत बन्यो बानेश्वर प्रहरी वृत्त, योगदानकर्तालाई प्रशंसापत्रद्वारा सम्मान
१४ घण्टा अगाडि
1.8kViews 494 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले प्रहरी वृत्त नयाँ…



