

मन्त्री ज्यु ‘श्रीमती मोह’ कस्तो लाग्यो ?
१३ दिनमै मन्त्री पदबाट बाहिरिए दीपक साह: ‘राइट टु रिकल’को पहिलो सिकार, श्रीमती नियुक्ति विवादले चर्कियो राजनीति
काठमाडौं । शपथ ग्रहण गरेको दुई साता नपुग्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री पदमुक्त भएका छन्। सुशासनको नारा बोकेर सरकारमा प्रवेश गरेका साह आफ्नै पार्टीको अनुशासनको कठोर कार्यान्वयनको पहिलो उदाहरण बनेका छन्।
(रास्वपा) ले आफ्ना सांसदहरूलाई प्रशिक्षणका क्रममा ‘राइट टु रिकल’ (फिर्ता बोलाउने अधिकार)बारे सचेत गराएको केही दिनमै त्यसको प्रयोग गर्दै साहलाई जिम्मेवारीबाट हटाउन सिफारिस गरेको हो। पार्टी सभापतिको लिखित सिफारिसपछि प्रधानमन्त्रीले उनलाई पदमुक्त गरेका हुन्।
श्रीमती नियुक्ति विवाद मुख्य कारण
मन्त्री साहमाथि आफ्नी पत्नीलाई सरकारी निकायमा नियुक्ति दिलाउन पदीय दुरुपयोग गरेको आरोप लागेको छ। स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य बिमा बोर्डमा पत्नीको थमौति गराइएको विषयले विवाद चर्किएको थियो। यही ‘श्रीमती मोह’ अन्ततः उनको पदच्युतिको मुख्य कारण बन्यो।
रास्वपाले पार्टी विधानको धारा २५(४)(क) र ६९ अनुसार पदको दुरुपयोग वा पार्टीको मर्यादामा आँच आउने अवस्था भएमा जिम्मेवारीबाट फिर्ता बोलाउन सकिने व्यवस्था अनुसार कारबाही गरिएको जनाएको छ।
१३ दिनमै ‘हनिमुन पिरियड’ समाप्त
साहको छोटो कार्यकालले “पद पाउनु भन्दा पद जोगाउनु चुनौतीपूर्ण हुन्छ” भन्ने सन्देश दिएको छ। सरकारभित्रै अनुशासन कायम राख्ने संकेतका रूपमा पनि यस घटनालाई हेरिएको छ।
यस प्रकरणले स्वास्थ्य तथा जनसंख्या मन्त्री माथि समेत दबाब सिर्जना गरेको छ। प्रधानमन्त्री बालेनले अपेक्षित गम्भीरता नदेखाएको भन्दै उनलाई सचेत गराएको स्रोतले जनाएको छ।
पत्नीको प्रतिक्रिया: ‘स्पष्टीकरणको मौका पनि दिइएन’
पदमुक्ति पछि साहकी पत्नी जुनु श्रेष्ठले सामाजिक सञ्जालमार्फत आफ्नो प्रतिक्रिया सार्वजनिक गरेकी छन्। उनले आफ्नो नियुक्तिलाई श्रीमानसँग जोड्नु आवश्यक नभएको दाबी गर्दै, बिना स्पष्टीकरण कारबाही गरिएकोप्रति असन्तुष्टि जनाएकी छन्।
करिब ७ मिनेट लामो भिडियोमार्फत उनले आफ्नो योग्यता र अनुभव प्रस्तुत गर्दै आफूविरुद्ध गरिएको आरोप अन्यायपूर्ण भएको उल्लेख गरेकी छन्।
समाज
थप सामाग्री-
रास्वपाको प्रथम महाधिवेशन आज चितवनमा, नेतृत्वदेखि संगठनसम्म नयाँ दिशा तय गर्ने तयारी
-
रवि लामिछाने र रास्वपालाई गगन थापाद्वारा महाधिवेशनको शुभकामना
-
बाजुराको रिठा बजार नजिक बस दुर्घटना, २१ जना घाइते
-
रास्वपाको महाधिवेशनस्थल पुगे आईजीपी कार्की, सुरक्षा व्यवस्थाको स्थलगत अनुगमन
-
आज असार ७ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
१८ घण्टा अगाडि
1.4kViews 435 Shares Share on Facebook Share on Twitter ललितपुर, असार ६ — उपत्यकाको सबैभन्दा प्राचीन तथा सांस्कृतिक रूपमा महत्वपूर्ण…



