

उपसभामुख निर्वाचन आज : लामा र ठाकुरबीच प्रतिस्पर्धा, परिणामतर्फ चासो
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको उपसभामुख पदका लागि आज निर्वाचन हुँदैछ । दिउँसो ४ बजे बस्ने प्रतिनिधि सभाको बैठकले नयाँ उपसभामुख चयन गर्ने कार्यसूची तय गरिएको छ।
उपसभामुख पदका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद सरस्वती लामा र श्रम संस्कृति पार्टीकी सांसद रुवीकुमारी ठाकुरबीच प्रतिस्पर्धा हुने भएको छ। तोकिएको समयभित्र यी दुई जनाको मात्र उम्मेदवारी दर्ता भएको संघीय संसद सचिवालयले जनाएको छ।
रुवीकुमारी ठाकुरको उम्मेदवारीमा श्रम संस्कृति पार्टीका सांसद आर्यन राई प्रस्तावक रहेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अशोककुमार चौधरी र श्रम संस्कृतिकी सांसद अम्बिकादेवी निरौला समर्थक रहेका छन्।
त्यसैगरी, सरस्वती लामाको उम्मेदवारीमा राप्रपा संसदीय दलका नेता ज्ञानबहादुर शाही प्रस्तावक छन्। उनलाई राप्रपाकै सांसदहरू खुश्बु ओली, ताहिर अलि र भरत गिरीले समर्थन गरेका छन्।
प्रतिनिधि सभाको शक्ति सन्तुलनलाई हेर्दा निर्वाचनको परिणामतर्फ विशेष चासो देखिएको छ। २७५ सदस्यीय प्रतिनिधि सभामा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को एक्लै १८२ मत रहेको छ। यस्तो अवस्थामा रास्वपाले समर्थन गरेमा रुवीकुमारी ठाकुरको जित सुनिश्चित देखिन्छ।
उपसभामुख चयनसँगै प्रतिनिधि सभाको नेतृत्व संरचना पूर्ण हुने अपेक्षा गरिएको छ भने आजको निर्वाचनले आगामी संसदीय गतिविधिमा पनि प्रभाव पार्ने अनुमान गरिएको छ।
समाज
थप सामाग्री-
रास्वपाको प्रथम महाधिवेशन आज चितवनमा, नेतृत्वदेखि संगठनसम्म नयाँ दिशा तय गर्ने तयारी
-
रवि लामिछाने र रास्वपालाई गगन थापाद्वारा महाधिवेशनको शुभकामना
-
बाजुराको रिठा बजार नजिक बस दुर्घटना, २१ जना घाइते
-
रास्वपाको महाधिवेशनस्थल पुगे आईजीपी कार्की, सुरक्षा व्यवस्थाको स्थलगत अनुगमन
-
आज असार ७ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
१८ घण्टा अगाडि
1.4kViews 435 Shares Share on Facebook Share on Twitter ललितपुर, असार ६ — उपत्यकाको सबैभन्दा प्राचीन तथा सांस्कृतिक रूपमा महत्वपूर्ण…



