

आक्रमणपछि हवाइ फायरिङ असफल, साथी जोगाउने क्रममा चलाइएको गोलीले २४ वर्षे गैँडाको ज्यान गयो; एक सिपाही गम्भीर घाइते
चितवन निकुञ्जमा गोली लागेर पोथी गैँडाको मृत्यु
चितवन – चितवन राष्ट्रिय निकुञ्जभित्र सुरक्षाकर्मीमाथि आक्रमण गरेपछि प्रतिकारस्वरूप चलाइएको गोली लागेर एक पोथी गैँडाको मृत्यु भएको छ। निकुञ्ज प्रशासनका अनुसार करिब २४ वर्ष उमेरको उक्त गैँडाको घटनास्थलमै मृत्यु भएको हो।
निकुञ्जका संरक्षण अधिकृत तथा सूचना अधिकारी का अनुसार शुक्रबार दिउँसो नयाँ गोरख गणअन्तर्गत नवलपुर सेक्टरको सेरी सुरक्षा पोष्टबाट पैदल गस्तीमा खटिएका चार जना सिपाहीमाथि गैँडाले अचानक आक्रमण गरेको थियो। घटना अमलटारी सेक्टरबाट करिब पाँच किलोमिटर टाढा निकुञ्जको कोर क्षेत्रमा भएको हो।
अर्धवयस्क बच्चासहितको आमा गैँडासँग जम्काभेट भएपछि सुरक्षाकर्मीमाथि आक्रमण सुरु भएको थियो। सुरक्षाकर्मीले प्रारम्भमा जोगिन प्रयास गर्दै १० राउन्ड हवाइ फायरिङ गरे पनि गैँडाले आक्रमण जारी राखेको निकुञ्जले जनाएको छ।
आक्रमणकै क्रममा गैँडाले सिपाही विकास घर्तीलाई लडाएर लछारपछार गर्न थालेपछि अन्य सुरक्षाकर्मीले उनलाई जोगाउन थप दुई राउन्ड गोली चलाएका थिए। सो क्रममा गैँडाको पेटभन्दा माथि करङ क्षेत्रमा गोली लाग्दा घटनास्थलमै मृत्यु भएको सूचना अधिकारी थापा मगरले जानकारी दिए।
निकुञ्जका प्राविधिक टोलीले मृत गैँडाको पोस्टमार्टम सम्पन्न गरिसकेको छ। निकुञ्ज प्रशासनका अनुसार गैँडाको खाग र खुर सुरक्षित अवस्थामा छन्।
घटनामा गम्भीर घाइते भएका सिपाही विकास घर्तीको ढाड, कम्मरलगायत शरीरका विभिन्न भागमा गहिरो चोट लागेको छ। उनको को सघन उपचार कक्षमा उपचार भइरहेको छ।
यस घटनाले निकुञ्जभित्र वन्यजन्तु र सुरक्षाकर्मीबीच हुने जोखिमपूर्ण मुठभेडको संवेदनशीलता फेरि उजागर गरेको छ।
समाज
थप सामाग्री
आईजीपी दानबहादुर कार्कीको नेतृत्वमा पुनर्जागृत बन्यो बानेश्वर प्रहरी वृत्त, योगदानकर्तालाई प्रशंसापत्रद्वारा सम्मान
१४ घण्टा अगाडि
1.8kViews 494 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले प्रहरी वृत्त नयाँ…



