

आज चैत ३० गते सोमबार,यस्तो छ तपाईको राशिफल
मेष- चुनौतीका बाबजुद नसोचेका काम बन्न सक्छन् । धैर्यपूर्वक अघि बढ्ने समय छ । छर छिमेकमा केही असमझदारी बढ्ने सम्भावना रहेपनि प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ । सन्तान वा अनुयायीबाट खुसी मिल्नेछ । परिवारजन तथा आफन्त बीच आत्मीयता बढ्नेछ, तर मान्यजनसँग भने केही असमझदारी हुन सक्छ।
वृष- वैदेशिक क्षेत्रबाट लाभ लिने अवसर छ । स्थानान्तरण वा टाढाको यात्रा सम्भव छ । समय उत्साहजनक रहनेछ र नयाँ ज्ञान हासिल हुनेछ । पितृधनबाट पनि लाभ मिल्ने योग छ । दिन रमाइलो र उपलब्धिमूलक रहनेछ । व्यापार व्यवसायमा विशेष फाइदा हुने देखिन्छ ।
मिथुन- श्रमको उचित मूल्यांकन हुनेछ । अध्ययनमा प्रगति हुनेछ । सामाजिक जिम्मेवारी बढ्नेछ र अरूको दायित्व पनि वहन गर्नुपर्ला । प्रतिष्ठा र पदको आशा देखाउनेहरूबाट धोका हुन सक्छ । प्रयास गर्दा गोप्य कुरा पत्ता लाग्न सक्छ, तर साना घरेलु समस्यामा अल्झनु पर्ने समय पनि रहला ।
कर्कट- सहयोगीहरूले कमजोरी प्रति टिप्पणी गर्न सक्छन्, सचेत रहनुहोस् । निर्णय क्षमता कमजोर हुन सक्छ र द्विविधा बढ्न सक्छ । प्रतिस्पर्धा र शत्रुको चलखेलले केही चुनौती ल्याउन सक्छ । तर व्यापार र उद्योगतर्फ फाइदाको सम्भावना छ ।
सिंह- आम्दानी बढ्नेछ र रोकिएको रकम हात लागि हुनेछ । कृषि तथा पशुपालनमा मध्यम लाभ भएपनि व्यापारमा राम्रो फाइदा हुने योग छ । गरेका कामबाट लाभ मिल्नेछ । भूमि तथा मातृधनबाट पनि फाइदा हुनेछ । विगतका कमजोरी सुधार गर्ने अवसर मिल्नेछ ।
कन्या- सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । रोकिएका काम सम्पन्न हुनेछन् । नयाँ जिम्मेवारी पाउने सम्भावना छ । धार्मिक तथा परोपकारी कार्यबाट प्रतिष्ठा मिल्नेछ । धैर्य आवश्यक छ । कृषि तथा पशुपालनबाट सामान्य लाभ मिल्नेछ, तर बौद्धिक प्रतिस्पर्धामा सफलता प्राप्त हुनेछ ।
तुला- स्वास्थ्य कमजोर रहनाले काममा असर पर्न सक्छ, तर जिम्मेवारी भने बढि रहनेछ । सहयोगको आशा देखाउनेहरूबाटै धोका हुन सक्छ। आम्दानी बढ्नेछ र फाइदा हुने समय छ । वैदेशिक यात्राको अवसर आउन सक्छ । लेनदेनमा विवाद हुन सक्ने भएकाले सावधानी अपनाउनुहोस् ।
वृश्चिक- प्रयास गर्दा रोकिएका काम पूरा हुनेछन् । नयाँ कामको अवसर मिल्नेछ । खर्च केही बढ्न सक्छ र आलस्य बढ्ने सम्भावना छ । काममा लगानी गर्ने समय हो। माता पिताको सहयोग मिल्नेछ । कृषि तथा पशुपालनबाट लाभ मिल्नेछ, तर अरूमा भर पर्नु जोखिमपूर्ण हुन सक्छ ।
धनु- भूमि, सवारी साधन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ । परिवारको हेरचाहमा खर्च बढ्नेछ । उत्साहमा केही कमी आउन सक्छ । माता पिता र आफन्तको सहयोगले काम सफल हुनेछ । दाम्पत्य जीवन सुखद रहनेछ र आम्दानी बढ्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ ।
मकर- व्यवसायिक काममा खर्च बढ्नेछ । अरूका काममा समय खर्चिनुपर्नेछ । समयमा काम पूरा नहुँदा मन खिन्न हुन सक्छ । सेवामूलक कामबाट प्रतिष्ठा मिल्नेछ । उद्योग व्यापारमा सामान्य लाभ हुनेछ । सहयोगीहरूले साथ नदिँदा समस्या आउन सक्छ ।
कुम्भ- अध्ययनमा राम्रो प्रगति हुनेछ । स्वास्थ्यमा कमजोरी आउन सक्छ र परिश्रम धेरै गर्नुपर्नेछ । तर अन्ततः काममा सफलता मिल्नेछ । भाग्योन्नति हुने समय छ । अप्रिय समाचारले मन खिन्न हुन सक्छ । व्यापार व्यवसायमा मध्यम परिणाम आउनेछ।
मीन- विभिन्न अवसर प्राप्त हुनेछन्, तर समयमै काम नसक्दा केही अवसर गुम्न सक्छन् । काममा चुनौती आएपनि समयको सदुपयोग गर्न सकिनेछ । धेरैले सहयोग गर्नेछन् । अप्रत्याशित लाभ मिल्नेछ । सम्मान प्राप्त हुनेछ र प्रेम सम्बन्ध अझ बलियो बन्नेछ।
समाज
थप सामाग्री
आईजीपी दानबहादुर कार्कीको नेतृत्वमा पुनर्जागृत बन्यो बानेश्वर प्रहरी वृत्त, योगदानकर्तालाई प्रशंसापत्रद्वारा सम्मान
१४ घण्टा अगाडि
1.8kViews 494 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले प्रहरी वृत्त नयाँ…



