बरिष्ठ सई सागर शम्सेर राणा निलम्बित, तस्करसँग साँठगाँठ र बनावटी अडियो प्रकरणमा कारवाही शुरू

सिरहा । मधेश प्रदेश प्रहरीभित्र ठूलो हलचल ल्याउने घटनामा बरिष्ठ सई सागर शम्सेर राणालाई निलम्बन गर्दै विभागीय कारवाही प्रक्रिया अगाडि बढाइएको छ। मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरका प्रमुख डिआईजी गोविन्द थपलियाका अनुसार राणामाथि तस्करसँग मिलेर बनावटी अडियो तयार गरी प्रहरी संगठन र उच्च अधिकृतलाई बदनाम गर्न खोजेको गम्भीर आरोप पुष्टि भएपछि कदम चालिएको हो।

प्रहरी स्रोतका अनुसार, विवादास्पद अडियो प्रकरणमा राणाले स्वयं तस्करसँग सम्पर्क गरी योजनाबद्ध रूपमा फोन संवाद तयार गराएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। उक्त अडियोलाई आधार बनाएर प्रहरी नेतृत्वमाथि दबाब सिर्जना गर्ने र सरुवा तथा व्यक्तिगत स्वार्थ पूरा गर्ने उद्देश्य रहेको दाबी गरिएको छ।

डिआईजी थपलियाले स्पष्ट शब्दमा भनेका छन्, “प्रहरी संगठनभित्र बसेर तस्करसँग साँठगाँठ गर्ने, संगठनलाई नै बदनाम गर्ने र झुटा अफवाह फैलाउने कसैलाई पनि छुट दिइँदैन।” उनका अनुसार, उजुरीका आधारमा हालसम्म १८७ जना प्रहरीमाथि कारवाही भइसकेको छ भने केहीलाई प्रदेश बाहिर सरुवा गरिएको छ।

मधेश प्रदेशमा लामो समयदेखि जरा गाडेर बसेको तस्करी, बिचौलियापन र राजनीतिक संरक्षणको जालो तोड्ने अभियान अन्तर्गत यस्तो कारवाही गरिएको प्रहरी नेतृत्वको दाबी छ। विगतमा नेताको संरक्षणमा आपराधिक गतिविधिमा संलग्न भई बारम्बार मधेशमै फर्केर प्रभाव जमाउँदै आएका प्रहरीमाथि लक्षित ‘क्लिन-अप अपरेशन’ जारी रहेको बताइएको छ।

यसैबीच, केही असन्तुष्ट प्रहरी समूहले नेतृत्वलाई हटाउन सुनियोजित रूपमा भ्रामक समाचार र अडियो सार्वजनिक गरिरहेको आरोप पनि प्रहरीले लगाएको छ। “बिचौलिया पत्रकारमार्फत पैसा तिरेर झुटा समाचार लेखाउनेदेखि बनावटी घटना सिर्जना गर्ने प्रयास भइरहेको छ,” डिआईजी थपलियाको भनाइ छ।

प्रहरी नेतृत्वले संगठनभित्रको ‘क्रिमिनल नेटवर्क’ निस्तेज पार्न कठोर कदम नचालिएसम्म सुशासन सम्भव नहुने चेतावनी दिएको छ। “दशकौँदेखि जरा गाडेका यस्ता प्रवृत्तिलाई उखेल्न अहिलेको अवसर गुम्न दिनु हुँदैन,” थपलियाले जोड दिए।

हाल यो प्रकरणले मधेश प्रहरीभित्रको आन्तरिक शुद्धीकरण अभियानलाई तीव्र बनाएको छ भने संगठनभित्रको अनुशासन, पारदर्शिता र विश्वासमाथि गम्भीर बहस सुरु गराएको छ।

Facebook Comments Box
प्रधानमन्त्री वालेनको असंवेदनशील शब्द हटाउन हर्क साम्पाङसँग अल्पसंख्यक समुदायको गुहार
११ घण्टा अगाडि

2.0kViews 119 Shares Share on Facebook Share on Twitter काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहको विगतको र्‍याप ब्याटलमा प्रयोग भएका असंवेदनशील…

TOP
394 Shares