

सहकारी ठगी प्रकरणमा पूर्व बैंक अध्यक्ष पक्राउ, ४ करोडभन्दा बढी हिनामिनाको आरोप
ललितपुर। ललितपुरस्थित गतिशील बचत तथा ऋण सहकारी संस्थामा भएको करोडौँ रुपैयाँ अपचलन प्रकरणमा संस्थाका अध्यक्ष बलराम पाठक पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता गौतम मिश्रका अनुसार पाठकलाई इमाडोल क्षेत्रबाट नियन्त्रणमा लिइएको हो। उनीमाथि सहकारीको ४ करोड रुपैयाँभन्दा बढी रकम ठगी गरेको आरोप लागेको छ।
प्रहरीले सहकारीको बचत रकम हिनामिना सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाउने क्रममा पाठकलाई पक्राउ गरिएको जनाएको छ। यस प्रकरणमा संलग्न अन्य व्यक्तिहरूको पनि खोजी कार्य तीव्र पारिएको प्रहरीले जानकारी दिएको छ।
पक्राउ परेका पाठक राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक समिति पूर्वअध्यक्षसमेत रहेका छन्। सहकारी क्षेत्रमै ठूलो आर्थिक अनियमितताको संकेत दिने यस घटनाले थप अनुसन्धानको दायरा फराकिलो बन्ने देखिएको छ।
समाज
थप सामाग्री-
३० वर्षे सेवापछि अवकाशः ट्राफिक एसएसपी नवराज अधिकारीद्वारा भावपूर्ण बिदाई
-
सडकमा ट्राफिक अनुशासन कडाइ गर्न एसएसपी अधिकारीको निर्देशन
-
ई–बिडिङ ह्याकिङ ‘महाजाल’ : डिजिटल भ्रष्टाचारको खतरनाक संकेत
-
पूर्व–पश्चिम राजमार्गमा सवारी दुर्घटना : पैदलयात्रीको मृत्यु
-
समस्याग्रस्त सहकारीका ऋणीलाई १५ दिनभित्र ऋण चुक्ता गर्न अन्तिम चेतावनी, नतिरे कठोर कारबाही हुने
प्रधानमन्त्री वालेनको असंवेदनशील शब्द हटाउन हर्क साम्पाङसँग अल्पसंख्यक समुदायको गुहार
११ घण्टा अगाडि
2.0kViews 119 Shares Share on Facebook Share on Twitter काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहको विगतको र्याप ब्याटलमा प्रयोग भएका असंवेदनशील…



