सार्वजनिक यातायातमा ४५% विद्यार्थी छुट अनिवार्य, उल्लङ्घन गरे कारबाही

काठमाडौं । सरकारले सार्वजनिक यातायातमा विद्यार्थीलाई दिइँदै आएको ४५ प्रतिशत भाडा छुट सुविधा अनिवार्य रूपमा लागू गर्न निर्देशन दिएको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको ले यातायात व्यवसायीहरूलाई पत्राचार गर्दै यस्तो निर्देशन दिएको हो।

विभागका अनुसार २०६५ फागुन २० गते सरकार र व्यवसायीबीच भएको सहमतिअनुसार विद्यार्थीहरूले सवारी भाडामा ४५ प्रतिशत सहुलियत पाउने व्यवस्था रहेको छ। तर पछिल्लो समय धेरै सार्वजनिक सवारी साधनहरूले उक्त छुट नदिएको भन्दै ‘हेलो सरकार’ र विभागको गुनासो प्रणालीमा व्यापक उजुरीहरू परेपछि पुनः कडाइका साथ कार्यान्वयन गराउन निर्देशन दिइएको हो।

विभागका निर्देशक गणेशमान सिंह राईले जारी गरेको पत्रमा , तथा लाई सम्बोधन गर्दै विद्यार्थी सहुलियतलाई प्रभावकारी रूपमा लागू गर्न आग्रह गरिएको छ।

सरकारले तोकेको सहुलियत लागू नगर्ने सवारी साधनलाई कानुनअनुसार कारबाहीको दायरामा ल्याइने विभागले स्पष्ट पारेको छ।

Facebook Comments Box
प्रधानमन्त्री वालेनको असंवेदनशील शब्द हटाउन हर्क साम्पाङसँग अल्पसंख्यक समुदायको गुहार
११ घण्टा अगाडि

2.0kViews 119 Shares Share on Facebook Share on Twitter काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहको विगतको र्‍याप ब्याटलमा प्रयोग भएका असंवेदनशील…

TOP
423 Shares